काठमाडौँ । राष्ट्रिय जनमोर्चा १ नं. प्रदेश समिति पुनर्गठन भएको छ । राजमो केन्द्रीय कार्यालयले सो जानकारी दिएको हो ।
पुनर्गठित समितिमा अध्यक्ष अमृत पाण्डे (सुनसरी), उपाध्यक्षमा हरिकान्त शर्मा (मोरङ), सचिवमा विशाल दर्लामी (सुनसरी) र कोषाध्यक्षमा बबिन बान्तवा (इलाम) रहनुभएको छ ।
त्यसैगरी, समितिको सदस्यहमा हेमकुमार गुरुङ (सङ्खुवासभा), लिलकुमार राई (उदयपुर), तुलमान राई (धनकुटा), हरिलाल अधिकारी (सुनसरी) र कल्पना आचार्य राई (मोरङ) रहनुभएको छ ।