पूर्वका उद्योगीले बेलायती राजदूतसँग मागे औद्योगिक विकासमा सहयोग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेशको औद्योगिक विकासमा सीप र प्रविधि हस्तान्तरणमार्फत सहयोग गर्न बेलायती राजदूत निकोला पोलिटसँग आग्रह गरेको छ ।  राजदूत पोलिटको पहिलो प्रदेश १ भ्रमणका अवसरमा सोमबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा महासंघका प्रतिनिधिहरूले प्रदेशको आर्थिक विकासमा सहयोग गर्न आग्रह गरेका हुन् । भेटघाटमा महिला...

सम्बन्धित सामग्री

अर्थमन्त्री पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट

काठमाडौँ– नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपालका लागि बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट भएको छ । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा अर्थमन्त्री  पुन र बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेट भएको हो ।

म्यानमारको सेनाद्वारा पूर्व बेलायती राजदूत विक्की बोमनसहित ६ हजार कैदी रिहा

म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ ।पूर्व बेलायती राजदूत विकी बोमन, जापानी पत्रकार तोरु कुबोटा र आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाली सल्लाहकार सन टर्नेललाई रिहा गरिएको एक शीर्ष सेना अधिकारीले एएफपी समाचार एजेन्सीलाई जानकारी दिएको छ ।सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमान्‌सहित हिरासतमा लिइएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा रहेको ठेगानाभन्दा फरक ठेगानामा बस्दै थिइन् । र, उनले यसबारे जानकारीसमेत दिएकी थिइनन् ।बोमनल

सन्तोषले अभिनेत्री मनिषा  र बेलायती राजदूत निकोला पोलिटसँग लिए लञ्च

काठमाडौँ – बीबीसी मास्टर सेफ द प्रोफेसनल रिम्याचका विजेता सन्तोष साहसहितको टोली शुक्रबार बिहान अभिनेत्री मनिषा कोइराला र बेलायती राजदूत निकोला पोलिटसँग भेटघाट गरेका छन् । भेटघाटमा सन्तोषसँगै शोका फाइनलिस्ट थिए । सन्तोषले सामाजिक सञ्जालमा आफू मनिषाका लागि खाना पकाउन अधैर्य रहेको बताएका छन् । लामो समयदेखि म यो क्षणको प्रतीक्षामा थिए । निकै राम्रो […]

मुसहर समुदायकी किशोरीसँग बेलायती राजदूत

बेलायत सरकारको सहयोगमा सञ्चालित कार्यक्रमको प्रभावबारे मुसहर समुदायकी किशोरीहरूसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले अन्तरक्रिया गरेकी छन् । मधेस प्रदेशको राजधानी जनकपुर आएकी उनले मधेस प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्थाको समन्वयमा सञ्चालित कार्यक्रम अन्तर्गत मुसहर समुदायका किशोरीहरूको सिकाई, गुनासो, चुनौती र समस्याबारे गम्भीर चासोका साथ सुनेकी थिइन् ।सो क्रममा छात्रा प्रियंका कुमारी सदाले सिकाई कार्यक्रमबाट आफूमा व्यापक परिवर्तन आएको बताइन् । उनले भनिन्, ‘अहिले पढ्न, लेख्न,

मुख्यमन्त्री राउत र बेलायती राजदूत पोलिटबीच भेट

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मंगलबार मधेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयमा राउत र पोलिटबीच भेट भएको हो । भेटका क्रममा बेलायत सरकारको सहयोगमा प्रदेशमा जारी योजना र आगामी रणनीतिबारे छलफल भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

सेनाका अधिकारीसहित प्रधानमन्त्री देउवा भेट्न पुगिन् बेलायती राजदूत पोलिट

काठमाडौं : युक्रेन आक्रमणको  विरोधमा ऐक्यबद्धता जुटाउन नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन्।सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै निकोलाले भनेकी छिन्, विश्वभरका देशहरुले युक्रेनसँग ऐक्यबद्धता जनाइरहेको र रुसी आक्रमणको प्रतिरोध गरिरहेको अवस्थामा नेपालको युक्रेनलाई बलियो समर्थन प्रति प्रधानमन्त्री देउवा प्रति आभार।’ भेटमा बेलायतका सैनिक अधिकारी पनि सहभागी थिए। नेपालले रुसले युक्रेनमाथि गरेको हमालको निन्दा गरेको छ। नेपालले शान्

ऊर्जामन्त्री–बेलायती राजदूत भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा बिहीवार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।  सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताइन् । नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम्को प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । महासागरका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र बढ्दो भूमण्डलीय तापक्रम वृद्धि नियन्त्रण गर्न हिमालयको महत्त्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले हिमालय क्षेत्रको संरक्षणका लागि अन्तरराष्ट्रिय सहयोगको अपेक्षा गरेको बताइन् । ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्न आफूले जलाशययुक्त आयोजना प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको मन्त्री भुसालले बताइन् । बूढीगण्डकी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको उनको भनाइ छ । रासस

मन्त्री खतिवडा र बेलायती राजदूत पोलिट भेट, २१ लाख मात्रा खोप हस्तान्तरण

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । आज मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २०० वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण  गर्दै कोभिड–१९ महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।“विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाइँमा बेलायत सरकारले भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेकाम

प्रधानसेनापति शर्मा र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेट

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र काठमाडौँस्थित बेलायती राजदूत निकोला क्याथ्रिन पोलिटबीच जंगीअड्डामा शिष्टाचार भेट भएको छ । भेटमा द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारका विषयमा चर्चा भएको सेनाले जनाएको छ । सेनाले यसप्रकारको भेटले नेपाल र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको छ ।