म्यानमारको सेनाद्वारा पूर्व बेलायती राजदूत विक्की बोमनसहित ६ हजार कैदी रिहा

म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ ।पूर्व बेलायती राजदूत विकी बोमन, जापानी पत्रकार तोरु कुबोटा र आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाली सल्लाहकार सन टर्नेललाई रिहा गरिएको एक शीर्ष सेना अधिकारीले एएफपी समाचार एजेन्सीलाई जानकारी दिएको छ ।सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमान्‌सहित हिरासतमा लिइएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा रहेको ठेगानाभन्दा फरक ठेगानामा बस्दै थिइन् । र, उनले यसबारे जानकारीसमेत दिएकी थिइनन् ।बोमनल