प्रधानसेनापति शर्मा र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेट

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र काठमाडौँस्थित बेलायती राजदूत निकोला क्याथ्रिन पोलिटबीच जंगीअड्डामा शिष्टाचार भेट भएको छ । भेटमा द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारका विषयमा चर्चा भएको सेनाले जनाएको छ । सेनाले यसप्रकारको भेटले नेपाल र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको छ ।