ऊर्जामन्त्री–बेलायती राजदूत भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा बिहीवार भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।  सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिरहने सरकारको प्रतिबद्धता रहेको बताइन् । नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, ई–मोबिलिटी, न्यून कार्बन पूर्वाधार र इको–टुरिजम्को प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । महासागरका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र बढ्दो भूमण्डलीय तापक्रम वृद्धि नियन्त्रण गर्न हिमालयको महत्त्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले हिमालय क्षेत्रको संरक्षणका लागि अन्तरराष्ट्रिय सहयोगको अपेक्षा गरेको बताइन् । ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्न आफूले जलाशययुक्त आयोजना प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको मन्त्री भुसालले बताइन् । बूढीगण्डकी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको उनको भनाइ छ । रासस

सम्बन्धित सामग्री

सभापति लामिछाने र राजदूत लोरेन्जोबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि युरोपियन युनियन (इयू) का राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ।...

सभामुख घिमिरे र ट्युनिसियाका राजदूत बिलेलबीच भेटवार्ता

सभामुख देवराज घिमिरे र ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलबीच भेटवार्ता भएको छ ।

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

जनमत पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ । पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन् । नेपालका नयाँ जनादेश सरकार बन्ने चरणमा रहेका बेला सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका […]

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो।...

राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । -न्युज कारखाना

भारतका गृहमन्त्री शाहसँग राजदूत शर्माको भेटवार्ता

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतका गृहमन्त्री अमित शाहसँग गृह मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र भारतबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा भएको राजदूत शर्मा बताए ।गृहमन्त्री शाहसँग भेटेर कुरा गर्न पाउँदा खुसी लागेको राजदूत शर्माको प्रतिक्रिया छ । शर्माले  असारमा भारतीय सेना प्रमुख मनोज पाण्डेसँग भेटवार्ता गरेका थिए । यस्तै राजदूत शर्माले साउनमा भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका थिए । पछिल्लो समय राजदूत शर्माले भारतीय पक्षको भेट

प्रधामन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार भारतीय राजदूत श्रीवास्तवले प्रधामन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाए ।

अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको प्रचण्ड– माधव नेपाल समूहका अध्यक्ष प्रचण्डसँको भेटमा नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको राजदूत र्‍यान्डी बेरी जानकारी दिए । सोमबार राजदूत बेरीले प्रचण्डको निवास खुमलटारमा पुगेर उनीसँग भेटवार्ता गरेका हुन् । राजदूत बेरीले भेटपछि ट्वीटरमा  लेखेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छल