मुख्यमन्त्री राउत र बेलायती राजदूत पोलिटबीच भेट

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मंगलबार मधेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयमा राउत र पोलिटबीच भेट भएको हो । भेटका क्रममा बेलायत सरकारको सहयोगमा प्रदेशमा जारी योजना र आगामी रणनीतिबारे छलफल भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री राउत र बेलायती राजदूतबिच शिष्टाचार भेटघाट

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच मङ्गलवार शिष्टाचार भेटघाट भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए । भेटका क्रममा मधेस प्रदेशका […]