मुसहर समुदायकी किशोरीसँग बेलायती राजदूत

बेलायत सरकारको सहयोगमा सञ्चालित कार्यक्रमको प्रभावबारे मुसहर समुदायकी किशोरीहरूसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले अन्तरक्रिया गरेकी छन् । मधेस प्रदेशको राजधानी जनकपुर आएकी उनले मधेस प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्थाको समन्वयमा सञ्चालित कार्यक्रम अन्तर्गत मुसहर समुदायका किशोरीहरूको सिकाई, गुनासो, चुनौती र समस्याबारे गम्भीर चासोका साथ सुनेकी थिइन् ।सो क्रममा छात्रा प्रियंका कुमारी सदाले सिकाई कार्यक्रमबाट आफूमा व्यापक परिवर्तन आएको बताइन् । उनले भनिन्, ‘अहिले पढ्न, लेख्न,