काठमाडौं, २७ असोज । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए। मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक […]