लिबर्टी इनर्जीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, आयोगले दियो स्वीकृति

काठमाडौं । विद्युत् नियमन आयोगले लिबर्टी इनर्जी कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।  आयोगको साउन १५ गते बसेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिने निर्णय गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको स्वीकृतिका लागि गत साउन ८ गते आयोगमा निवेदन दिएको थियो ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद ल्याउन अनुमति पाएको छ । जसअनुसार कम्पनीले अब ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।    

सम्बन्धित सामग्री

चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दिए निवेदन

काठमाडौं । चार हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।  लिवर्टी इनर्जी कम्पनी, ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले भदौ २१ गते र बरुण हाइड्रोपावर कम्पनीले भदौ २२ गते हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।  लिवर्टी इनर्जी कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  त्यस्तै ङादी ग्रुप पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि निवेदन दिएको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  आँखुखोला जलविद्युत कम्पनीले हाल कायम चुक्ता पूूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड  छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  त्यस्तै बरुण हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले रू. ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था गरिएपछि हाइड्रोपावर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।

रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि साउन ४ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।  कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।  कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ ।  कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट पायो अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न असार २० गते अनुमति दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ ।

रिडी पावर कम्पनीले पायो ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रारम्भिक सहमति

काठमाडौं ।  रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासनको सहमति पाएको छ । विद्युत् नियमन आयोगको वैशाख ३ गतेको पत्रअनुसार कम्पनीलाई चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि प्रारम्भिक सहमति प्राप्त भएको हो । अब कम्पनीले साधारण सभामा हकप्रद निष्कासनको प्रस्ताव पेस गरेर थप प्रक्रिया अगाडि बढाउनेछ ।  कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को ४० प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने निणर्य गरेको थियो । कम्पनीले बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतित हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसअनुसार कम्पनीले प्रतिशेयर १०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।  यो हकप्रद बिक्रीबाट आउने रकम कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी १० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ । अब कम्पनीले हकप्रद शेयर निष्कासन प्रस्ताव साधारण सभाबाट पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । बोर्डको स्वीकृतिपछि मात्रै शेयर निष्कासन गर्नेछ ।

हकप्रद शेयर निष्कासन गर्न सिनर्जी पावरले दियो सेबोनमा निवेदन

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि फागुन ५ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्वीकृति पाएपछि कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ६५ लाख रहेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले दोलखा जिल्लामा १० मेगावाट क्षमताको निर्माणाधीन सिप्रिङ खोला जलविद्युत आयोजना प्रवद्र्धनका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

बलेफी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेड हकप्रद शेयर निष्कासन गर्दै छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १ बराबर शून्य दशमलव ५ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । फागुन १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले  बैंक ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको जानकारी दिएको छ । अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृति पाएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । सेबोनको स्वीकृतिपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८२ करोड रहेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्दै छ ।

समृद्धि फाइनान्सलाई हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

पुस १, काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २:१ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न मंसिर २९ गते बोर्डबाट अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।