रिडी पावर कम्पनीले पायो ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रारम्भिक सहमति

काठमाडौं ।  रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासनको सहमति पाएको छ । विद्युत् नियमन आयोगको वैशाख ३ गतेको पत्रअनुसार कम्पनीलाई चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि प्रारम्भिक सहमति प्राप्त भएको हो । अब कम्पनीले साधारण सभामा हकप्रद निष्कासनको प्रस्ताव पेस गरेर थप प्रक्रिया अगाडि बढाउनेछ ।  कम्पनीको गत माघ ४ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को ४० प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने निणर्य गरेको थियो । कम्पनीले बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतित हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसअनुसार कम्पनीले प्रतिशेयर १०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।  यो हकप्रद बिक्रीबाट आउने रकम कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी १० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ । अब कम्पनीले हकप्रद शेयर निष्कासन प्रस्ताव साधारण सभाबाट पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । बोर्डको स्वीकृतिपछि मात्रै शेयर निष्कासन गर्नेछ । 

सम्बन्धित सामग्री

रिडी पावरले तय गर्‍यो ५० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोजको मिति

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा माघ २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गर्न बाँकी रहेको छ । हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर शून्य ५ को अनुपातमा कम्पनीलाई बोर्डले गत पुस १९ गते हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । उक्त अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर कम्पनीले विक्री गर्न अनुमति पाएको हो ।  हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निकाष्सन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ कायम हुनेछ । यस कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पूरा गर्नेछ ।

रिडी पावर र अरुण भ्याली हाइड्रोपावरले हकप्रद निष्कासन गर्न सेबोनबाट पाए स्वीकृति

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएका छन् । रिडी पावर कम्पनी लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न सेबोनबाट अनुमति पाएका हुन् । यी दुवै कम्पनीले हकप्रद निष्कासनको लागि पुस १९ गते बोर्डबाट अनुमति पाएको नेप्सेमार्फत जानकारी दिएका हुन् ।  अरुण भ्याली हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । अब कम्पनीले १ करोड ८६ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ । हकप्रद शेयर विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मेवा) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ । रिडी पावरले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १ः०.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । यस कम्पनीको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । स्वीकृति पाएसँगै कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५४ करोड छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. २ अर्ब ३२ करोडभन्दा बढी पुग्नेछ । कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि साउन ४ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।  कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।  कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ ।  कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने भएको छ । जेठ २२ गतेको सञ्चालक समिति बैठकले इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा गर्ने निणर्य गरेको हो । कम्पनीको सहायक कम्पनीमार्फत निर्माण गर्न लागिएको १० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागिएको हो ।  कम्पनीले १ कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासनको लागि सभामार्फत स्वीकृति प्रदान गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगले वैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ । वार्षिक साधारण सभाबाट पारित गराएपछि कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्नेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्