समृद्धि फाइनान्सलाई हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

पुस १, काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २:१ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न मंसिर २९ गते बोर्डबाट अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

हिमालय उर्जा विकासले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा असार ३१ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ९९ करोड रहेको छ । बोर्डले शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि कम्पनीलाई अनुमति दिएमा चुक्ता पूँजी रू. १ अर्ब ९८ करोड पुग्नेछ । जलविद्युत् कम्पनीहरूलाई कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेको छ । सोही व्यवस्थाबमोजिम यस कम्पनीले पनि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले दियो २ ओटा बीमा कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति

माघ ६, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले बुधवार दुई बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनको अनुमति दिने निर्णय गरेको छ । बोर्डले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको  हो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि भदौ १७ गते बोर्डमा निवेदन दिएको थियो ।  बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले १० बराबर ४ को अनुपातमा रू. ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न पाउने भएको हो । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको हो ।  त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भने बोर्डले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । बोर्डबाट नुमति पाएसँगै कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्ने बाटो खुला भएको छ । कम्पनीले जेठ गत २५ गते उक्त हकप्रद शेयर विक्रीको लागि बोर्डमा निवेदन दिएको थियो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख २४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीहरुले हकप्रद शेयर विक्री गर्न लागेको हो ।