हकप्रद शेयर निष्कासन गर्न सिनर्जी पावरले दियो सेबोनमा निवेदन

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि फागुन ५ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्वीकृति पाएपछि कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८० करोड ६५ लाख रहेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले दोलखा जिल्लामा १० मेगावाट क्षमताको निर्माणाधीन सिप्रिङ खोला जलविद्युत आयोजना प्रवद्र्धनका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

सम्बन्धित सामग्री

यी तीन कम्पनीका हकप्रद शेयर आइतवारसम्म मात्रै विक्रीमा रहने

काठमाडौं । दुई जलविद्युत कम्पनीसहित तीन कम्पनीको हकप्रद शेयर खरीद गर्ने भदौ ३१ गते (आइतवार) अन्तिम दिन रहेको छ । मल्टीपर्पस फाइनान्स, अरुण काबेली पावर र सिनर्जी पावरको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आइतवार अन्तिम दिन रहेको हो । मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि हाल कायम चुक्ता पूँजीको आधारमा ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरेको हो ।  ३५ प्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ । मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । त्यस्तै अरुण काबेली पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर भदौ ११ गतेदेखि निष्कासन गरेको हो । अरुण काबेली पावरले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । अरुण काबेली पावरले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ । भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले थप गरिएको अवधि भदौ ३१ गतेसम्म छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि यसअघि भदौ २४ गतेसम्मको अवधि तय गरिएकोमा मागबमोजिम आवेदन नपरेपछि भदौ ३१ गतेसम्मको मिति थप गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । सिनर्जी पावरको हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप

काठमाडौं । भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यसअघि हकप्रद शेयर खरीदका लागि भदौ २४ गतेसम्मको अवधि तय गरेकोमा उक्त अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि आवेदन दिने अवधि भदौ ३१ गतेसम्मका लागि थप गरेको हो । भदौ २३ गतेसम्म ४० हजार २९६ जनाबाट २१ लाख ८४ हजार २५२ कित्ता हकप्रद शेयर खरीद माग भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ । हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सिनर्जी पावर डेभलपमेन्टको हकप्रद शेयर खरीदका लागि करीब ४५ प्रतिशत आवेदन

काठमाडौं । यही भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि करीब ४५ प्रतिशत मात्र आवेदन परेको छ । भदौ २१ गतेसम्मको तथ्यांकअनुसार ३८ हजार ४७८ जना शेयरधनीहरूले १८ लाख १२ हजार ६२९ कित्ता हकप्रद शेयर खरीद माग गरेका छन् । कम्पनीले आगामी आइतवार (भदौ २४ गते)सम्मका लागि मात्र यो हकप्रद शेयर विक्रीमा ल्याएको हो ।  हकप्रद शेयर खरीदका लागि परेको आवेदनको अवस्थालाई हेर्दा बाँकी रहेको अवधिभित्र सम्पूर्ण कित्ता माग हुने सम्भावना कम देखिन्छ । पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम हुँदै गएको छ ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको हो । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ ।  शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।  हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद शेयर आइतवारदेखि निष्कासन गर्ने

काठमाडौं ।  सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आउँदो आइतवारदेखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।   हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ । शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।कम्पनीको हकप्रद शेयरमा भदौ २४ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।  हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । हकप्रद विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम रू. ४० करोड ३२ लाख ८७ हजार ५ सय एपेक्स मकालु हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

सिनर्जी पावर डेभलपमेन्टले सच्यायो हकप्रद निष्कासनको मिति

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्कासनको मिति सच्याएको छ । यसअघि सार्वजनिक सूचनामा तोकिएको मिति भदौ ३ गतेदेखि हुनुपर्नेमा अन्यथा भएकाले सच्याएको जानकारी कम्पनीले सूचनामार्फत दिएको छ । हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले भदौ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् । त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरमा भदौ १३ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।  हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सिनर्जी पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनबाट असार २० गते अनुमति पाएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात् चुक्ता पूँजी रू. १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ।

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट पायो अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न असार २० गते अनुमति दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ ।