चार कम्पनीको ४ करोड  १३ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा, कुन कुन कम्पनीको आउदै ?

काठमाडौं । चार कम्पनीले कुल ४ करोड १३ लाख ९८ हजार २४० दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् छन् । नेशनल हाइड्रोपावर कम्पनी,हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण काबेली पावर कम्पनी र नारायणी डेभलपमेन्ट बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएसँगै  हकप्रद शेयर निष्कासन गर्ने भएका हुन ।  नेशनल हाइड्रोपावर कम्पनीले १० ः ५ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट हकप्रद शेयर निष्कासन गर्न स्वीकृती पाएपछि कम्पनीले रू.१ सय अंकित दरका ८२ लाख २१ हजार  ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ  । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६४ करोड रहेको छ  । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको पूँजी रू.२ अर्ब ४६ करोडभन्दा बढी पुग्नेछ । त्यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १ ः०.७५ अर्थात ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले रू. १ सय अंकित दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कास गर्नेछ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडल रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू.२ अर्ब ८० करोड पुग्नेछ । त्यस्तै अरुण काबेली पावरले १ः१ अनुपात अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले रू. १ सय अंकित दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू.१ अर्ब ८५ करोड रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. ३ अर्ब ७१ करोड भन्दा बढी पुग्नेछ ।  त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले  १ बराबर १ अर्थात  सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट हकप्रद शेयर निष्कासन गर्न स्वीकृती पाएपछि कम्पनीले रू.१ सय अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू.२६ करोड २४ लाख रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. ५२ करोड ४९ लाख पुग्नेछ ।   

सम्बन्धित सामग्री

तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा अनुमति माग्यो

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  विक्री प्रबन्धक नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि  चुक्ता पूँजी रू. ८० करोड पुग्नेछ । हकप्रद विक्रीबाट संकलन भएको रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।

नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ५० लाख ३० हजार ८०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  नेपाल बिमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड भन्दा बढी रहेको छ । २५ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू.२ अर्ब ५१ करोड पुग्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युतले हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौँ– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ महिनाको दोस्रो साता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई १ः१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । आयोजनाले दोलखामा स्थानीय सरोकारवालाहरूसँग छलफल समेत गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामा बगर स्थित कम्पनीले […]

अपि पावरले १ करोड ६५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने

अपि पावर कम्पनीले शेयरधनीहरूलाई लक्षित गर्दै हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

अपर तामाकोसीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाण्डौ – अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौँ वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  शुक्रवार काठमाण्डौमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक साधारण सभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिक...

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । शुक्रवार काठमाडौंमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रश्ताव पास गरेको छ । वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक […]

अपि हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमााडैं, २१ बैशाख । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न स्विकृति दिएको हो । हकप्रद निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको छ भने बोर्डबाट अनुमति पाएसँगै कम्पनीले १ सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ […]

नारायणी डेभलपमेन्ट बैंकले २ सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

बैंकले हालै धिताेपत्र बोर्डबाट स्वीकृतिप्राप्त शतप्रतिशत (१:१) हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कायम हुने चुक्ता पुँजीको २ सय प्रतिशत अर्थात् १:२ काे अनुपातमा थप हकप्रद शेयर निष्कासन गर्ने भएकाे हाे