५०% हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक शेयर खरीदविक्री

माघ २, काठमाडौं साताको पहिलो कारोबार दिन आइतवार अरुण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।  कम्पनीको रू. ३६ करोड ४३ लाख १७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५३९ दशमलव ५० कायम भएको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ६८ प्रतिशत वृद्धि भएको हो । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले लगानीकर्ताको आकर्षण परेको देखिन्छ । कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजी ५० प्रतिशत अर्थात १:०.५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । १० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७२ करोड ५० लाखभन्दा बढी पुग्नेछ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो ।  नियामक निकाय विद्युत् नियमन आयोग र धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । 

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

किमाथाङ्का– सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका आठ क्लबको सहभागिता हुने आयोजकले जनाएको छ ।  आज सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै आयोजक एडभान्स क्लब मानेभञ्ज्याङका अध्यक्ष ईश्वर घिमिरेले पूर्वी पहाडी जिल्लाको महत्वपूर्ण […]

अरुण भ्याली हाइड्रोको पौने १६ लाख कित्ता सेयर सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।

अरुण भ्याली हाइड्रोपावरको बोनस नेप्सेमा सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै अरुण भ्याली हाइड्रोपावर

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन । साधारणसभा प्रयोजनका लागि कम्पनीले सोमबार अर्थात् भोलि असोज ११ गते बुक क्लोज गर्दैछ ।  कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि थप ०.५२% नगद लाभांश वितरणको घोषणा गरेको छ ।यद्यपि, उक्त लाभांश पारित गर्न कम्पनीले आगामी असोज २४ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाएको छ ।  साथै सोही सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय समेत पारित

५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै अरुण भ्याली हाइड्रोपावर

अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन । साधारणसभा प्रयोजनका लागि कम्पनीले सोमबार अर्थात् भोलि असोज ११ गते बुक क्लोज गर्दैछ ।  कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयरसहित कर प्रयोजनका लागि थप ०.५२% नगद लाभांश वितरणको घोषणा गरेको छ ।यद्यपि, उक्त लाभांश पारित गर्न कम्पनीले आगामी असोज २४ गते बिहान ११ बजेका लागि साधारणसभा बोलाएको छ ।  साथै सोही सभाले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय समेत पारित

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ। शुक्रबार कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले बैशाख ६ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ बराबर ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

साउन १, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शुक्रवार सूचीकृत भएको छ ।  कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर आइतवारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत वैशाख ६ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।

अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयर बाँडफाँट

काठमाडौं, २७ असार । अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीको ४ लाख ३५ हजार ८९४ कित्ता वितरण हुन नसकेको हकप्रद शेयर बैशाख ६ गतेदेखि शेयर लिलामी बिक्रि गरेको हो । शेयर विक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने शेयर नपरेकाहरुको रकम भोलीबाट आवेदकको खातामै रकमान्तर गर्ने कम्पनीले जनाएको […]

अरुण भ्याली हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं, १५ असार । असार ९ गतेदेखि लिलामीमा ल्याएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयरमा भोली (बुधबार) सम्म आवेदन दिन सकिन्छ । कम्पनीले वितरण हुन नसकेका ४ लाख ३५ हजार ८९४ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो । उक्त हकप्रद खरिद गर्न न्युनतम शेयरमुल्य १ सय रुपैयाँ तोकिएको हुनाले न्युनतम १०० कित्तादेखि सम्पुर्ण […]

अरुण भ्याली हाइड्रोपावरको हकप्रद आवेदन दिने समय थप

कोरोना भाइरसको कारण विषम परिस्थिति सिर्जना भएको भन्दै अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने समय थप भएको छ । कम्पनी सञ्चालक समितिले हकप्रदमा आवेदन दिने समय थप गर्ने निर्णय गरेको हो ।कम्पनीले वैशाख ६ गतेदेखि एक कित्ता बराबर ०.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । कम्पनीले एक सय रूपैयाँका दरले ५२ करोड ४१ […]