दोस्रो किस्ताको म्याद थपियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने समयसीमा थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिइसक्ने समयावधि आगामी चैत ३० गतेसम्म थप गर्ने निर्णय गरेको हो । प्राधिकरणले यसअघि २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीलाई दोस्रो किस्ताको अनुदान लिने समयसीमा गत पुस मसान्तसम्म तोकेको थियो । उक्त समयसीमाभित्र किस्ता लिन नपाएका पीडित पछिल्लो निर्णयबाट लाभान्वित हुनेछन्।

सम्बन्धित सामग्री

एमक्यापको म्याद पाँच वर्ष थपियो

गोरखा, २५ पुस । झण्डै साढे तीन वर्षदेखिको अन्योलतापछि उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको संरक्षणको जिम्मेवारी पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाको म्याद थप भएको छ । आगामी पाँच वर्षसम्मका लागि कार्यालयको म्याद थप भएको हो । “गएको २०७७ असारदेखि म्याद थपको निर्णय नहुँदा कार्यालय रहने वा नरहने भन्ने अन्योलताका कारण समस्या हुँदै […]

आठ वर्षमा छ पटक म्याद थप्दा पनि स्वास्थ्य चौकी अधुरै

काठमाण्डौ – बनाउन थालेको आठ वर्षमा छ पटक म्याद थप्दा पनि खोटाङको साकेला गाउँपालिका–५ को बिर्तामा रहेको स्वास्थ्य चौकी भवन बनिसकेको छैन ।  २०७४ साल कात्तिक २० भित्र निर्माण सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपियो । दुई करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र  २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले ...

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थपियो

काठमाडौं, ६ कात्तिक । बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप २ दिन म्याद थपिएको छ । अघिल्लो पटक थपिएको म्याद सकिएपछि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिन समय दिएको हो । जिल्ला अदालत काठमाडौंले असोज २४ गतेदेखि २० गतेबाट गणना सुरु हुनेगरी सात दिनको म्याद दिएको थियो । […]

सन्दिप लामिछानेमाथि थप अनुशन्धानको लागि चार दिनको म्याद थपियो

काठमाडौं, २ कार्तिक । जिल्ला अदालतले बलात्कारको आरोपमा प्रहरी अनुशन्धानमा रहेका सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्न चार दिनको म्याद थपेको छ । म्याद थपको लागि प्रहरीले लामिछानेलाई आज अदालत लगेको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई गत असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । तस्विर : […]

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद फेरि तीन महिना थपियो

काठमाडौं, १ असार । सरकाले आजदेखि लागू हुनेगरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन गर्न गठित आयोगको म्याद फेरि थप गरेको छ। गत वर्ष साउन १ गतेदेखि लागू हुनेगरी थप गरिएको समय सकिएसँगै सरकारले यो पटक भने तीन महिनाका लागि फेरि म्याद थप गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले […]

ग्लोबल आइएमई ब्यालेन्स्ड इकाईका लागि आवेदन दिने म्याद थपियो

काठमाडौं, २६ असार । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईमा आवेदन दिने म्याद थप गरिएको हो । अब उक्त योजनाको इकाईका लागि अब साउन ४ गतेसम्म आवेदन […]

उद्योग सञ्चालनका लागि म्याद थपियो

सरकारले दर्ता भई सञ्चालन अनुमति लिएका तर विविध कारणले सञ्चालनमा आउन नसकेका उद्योगका लागि म्याद थप गर्ने भएको छ । औद्योगिक व्यवसाय ऐनको सुविधा प्रयोग गर्दै औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले म्याद थपका लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू अध्यक्ष रहेको बोर्डको गत साता बसेको २ सय […]

फेरि म्याद थपियो पल शाहको, हिरासतको यात्रा लाम्बियो

काठमाडौँ : अभिनेता पल शाहविरुद्ध अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले तेस्रो पटक म्याद थप गरेको छ। अनुसन्धान नसकिएको भन्दै प्रहरीले जिल्ला अदालत तनहुँबाट थप ५ दिनको म्याद पाएको हो। यसअघि अदालतले पल विरुद्ध अनुसन्धान गर्न १२ दिनको म्याद दिएको थियो। त्यस्तै, पहिलोपटक सात दिनको म्याद लिएको थियो। अनुसन्धान नसकिएकाले ५ दिनको…

काँग्रेसका ९ भ्रातृ संगठनका म्याद थपियो

काठमाडौं।नेपाली काँग्रेसले ९ वटा भ्रातृसंगठनको म्याद ६ महिना थपेको छ। शनिबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ संगठनको म्याद थप्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले देखापढीलाई बताए। नेविसंघ,तरुण दल,प्रजातन्त्र सेनानी,किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको म्याद समाप्त भएका थिए। उनीहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरिएको हो।

मन्त्रिपरिषद् बैठकको निर्णय : दुई आयोगको म्याद थपियो

सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ ।  बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई जानकारी दिए । दुबै आयोगको म्याद आज सकिँदै थियो । पछिल्लो पटक  १७ महिनाअघि आयोग गठन भएको थियो ।