काँग्रेसका ९ भ्रातृ संगठनका म्याद थपियो

काठमाडौं।नेपाली काँग्रेसले ९ वटा भ्रातृसंगठनको म्याद ६ महिना थपेको छ। शनिबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ संगठनको म्याद थप्ने निर्णय गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले देखापढीलाई बताए। नेविसंघ,तरुण दल,प्रजातन्त्र सेनानी,किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र ठाकुर समाजको म्याद समाप्त भएका थिए। उनीहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरिएको हो।

सम्बन्धित सामग्री

नेविसंघको म्याद दुई महिना थपियो, संस्थापनइतर समूहको असहमति

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल थप दुई महिना थपिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले नेविसंघको म्याद थप दुई महिना थप्ने निर्णय गरेको हो। तर उक्त निर्णयलाई सभापति शेरबहादुर देउवा समूहले बहुमतको आधारमा पारित गरेको हो। यसअघि नेविसंघको विधानको भाग ...