सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थपियो

काठमाडौं, ६ कात्तिक । बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप २ दिन म्याद थपिएको छ । अघिल्लो पटक थपिएको म्याद सकिएपछि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिन समय दिएको हो । जिल्ला अदालत काठमाडौंले असोज २४ गतेदेखि २० गतेबाट गणना सुरु हुनेगरी सात दिनको म्याद दिएको थियो । […]