उद्योग सञ्चालनका लागि म्याद थपियो

सरकारले दर्ता भई सञ्चालन अनुमति लिएका तर विविध कारणले सञ्चालनमा आउन नसकेका उद्योगका लागि म्याद थप गर्ने भएको छ । औद्योगिक व्यवसाय ऐनको सुविधा प्रयोग गर्दै औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डले म्याद थपका लागि प्रस्ताव आह्वान गर्ने निर्णय गरेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू अध्यक्ष रहेको बोर्डको गत साता बसेको २ सय […]

सम्बन्धित सामग्री

भारतमा ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध

नयाँ दिल्ली– ल्यापटप र ट्याब्लेट आयातमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णय नोभेम्बर १ देखि लागू हुने भएको छ । वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रबार राति एक सूचना जारी गर्दै प्रतिबन्ध लागू गर्न म्याद थप गरेको हो । यसअघि नै पैठारी भइसकेका सबै सामान अक्टुबर ३१ गतेसम्म बिना लाइसेन्स पैठारी गर्न सकिने पनि यस सूचनामा भनिएको […]

ऐनकै दफा भन्छ, ‘नेपालमा उद्योग खोल्ने वातावरण नै छैन’

नेपालमा औद्योगिक वातावरण छैन भन्ने प्रमाण ‘औद्योगिक व्यवसाय ऐन–२०७६’ले नै पुष्टि गरेको छ । उक्त ऐनको दफा ९ मा सञ्चालन म्यादको व्यवस्था छ । तर, उक्त व्यवस्थाले सञ्चालन म्यादमा अंकुश लगाउँदा उद्योगमा लगानी ‘फसाएका’हरुको बिचल्लि हुने अवस्था छ ।औद्योगिक व्यवसाय ऐन–२०७६ को दफा ९ (७) अनुसार उद्योगको प्रकृति हेरेर सञ्चालन म्याद तय हुने व्यवस्था छ ।उदाहरणका लागि, कुनै उद्योग १ वर्षभित्र सञ्चालनमा आउने गरी उद्योग विभागमा दर्ता भयो । उक्त उद्योग १ वर्षभित्र सञ्चालनमा आउन नसक्ने भयो भने सञ्चालन म्याद सकिनु कम्तीमा ३० दिन अगाडी कारण खुलाएर १ उद्योग विभागमा निवदेन दिएमा पुनः १ वर्ष सञ्चालन म्याद थप हुन्छ ।जस्तो की, २०७८ बैशाख १ गते कुनै उद्योग १ वर्षभित्र सञ्चालनमा आउने गरी दर्ता भएको तर, उक्त अवधिमा सञ्चालनमा आउन नसक्ने भएमा २०७८ चैत १ गते नै उद्योगको तर्फबाट विभागमा निवेदन दिएमा १ वर्ष सञ्चालन म्याद थप हुन्छ ।यदि, सोही उद्योग सञ्चालन म्याद सकियो तर, सञ्चालनमा आएन भने उद्योगले सञ्चालन म्याद सकिएको ६ महिनाभित्र निवेदन दिएमा पनि पूँजी अनुसार निश्चित जरिवाना लगाएर म्याद थपिने व्यवस्था छ ।तर, उद्योग दर्ता भयो, सञ्चालन म्याद सकियो, सञ्चालन म्याद सकिएको ६ महिनासम्म उक्त उद्योगले कुनै निवेदन दिन सकेन भने उक्त उद्योग स्वतः निष्क्रिय हुन्छ । उदाहरणका लागि ‘क’ नाम गरेको लगानीकर्ताले ‘ए’ नाम गरेको उद्योग दर्ता गर्यो, १ वर्षभित्र सञ्चालनमा आउने गरी काम सुरु गर्यो, १ वर्षमा ५० लाख खर्च गर्यो, सञ्चालनमा आउन सकेन, ऐनमा भएको व्यवस्था अनुसार म्याद सकिन १ महिना बाँकी हुँदै निवेदन बुझाउन सकेन, म्याद सकिएको ६ महिनाभित्र पनि निवेदन बुझाउन सकेन भने उक्त उद्योग स्वतः निष्क्रिय भयो । कुनैपनि हालतमा उक्त उद्योगले पुनः सञ्चालन म्याद पाउने अवस्था ऐनमा कतै उल्लेख छैन । यसो हुँदा उक्त ए नाम गरेको उद्योगमा गईसकेको लगानी खेर गयो । ‘कानुन बनाउनेहरु उद्योगमैत्री, औद्योगिक वातावरणमैत्री भईदिएनन् भन्ने प्रमाण हो यो’ एक जना उद्योगी भन्छन्, ‘उ निवेदन बोकर आउन नसक्ने कारण हुन सक्छन् नि । लगानी फसाएको हुन्छ, कि त्यसको क्षतिपुर्ति दिईनु पर्यो, कि म्याद थपेर उसलाई सञ्चालनमा आउन दिनुपर्यो ।’सञ्चालन म्याद सकिएर ६ महिना कटेपछि जरिवाना लिएरै भएपनि पुनः सञ्चालन म्याद थप गर्न सक्ने कानुनी व्यवस्था नहुँदा उद्योग विभागमा करिब २ दर्जन उद्योगीहरु निरन्तर भौतारिरहेका छन् । अब हुन्छ की ?उद्योग विभाग आफैँले औद्योगिक व्यवसाय ऐन–२०७६ मा व्यवस्था भएको सञ्चालन म्याद व्यवहारिक र औद्योगिक वातावरण मैत्री नभएको भन्दै पटक पटक मन्त्री र सचिवलाई भन्दै आएको छ । यस विषयमा हालका उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडु भने ऐन संशोधनमा सकारात्मक देखिएका छन् ।‘केही नेपाल ऐन संशोधन’मार्फत औद्योगिक व्यवसाय ऐन–२०७६ लाई संशोधन गरेर सञ्चालन म्याद ६ महिना पनि कटेको अवस्थामा के गर्ने भन्ने कुरा स्पष्ट रुपमा लेख्ने तयारी मन्त्रालयले गरेको छ ।

बालिका बलात्कारको आरोपमा कांग्रेस प्रदेश १ समितिका सदस्य पक्राउ

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य शिव कोइराला १० वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।बुढीगंग गाउँपालिका-१ टंकिसिनबारीका कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार दिउँसो मोरङ पक्राउ गरेको थियो। सोमबार जिल्ला अदालत मोरङमा ‘जबरजस्ती करणी गर्ने उद्योग’मा पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए।कोइरालाले बाथरुम गएकी बालिकालाई शुक्रबार साँझ जवरजस्ती करणीको प्रयास गरेको आरोप छ।

कोभिडको कारण म्याद थप गर्न नपाएका उद्योगलाई नवीकरण गर्न सरकारले दियो सहुलियत

कोभिडको कारण म्याद थप गर्न नपाएका उद्योग नवीकरणका लागि उद्योग विभागले म्याद सहुलियत दिने भएको छ। म्याद थपका लागि उद्योगीले ३० दिनभित्र विभागमा निवेदन दिनुपर्ने बताइएको छ।  कोरोना भाइरस कारण सरकारले २०७८ वैशाख १५ गतेदेखि निषेधाज्ञा लगाएको थियो। त्यसबाट उद्योग विभागबाट हुने सेवा अवरुद्ध भएको थियो। अब सेवाग्राहीहरुले २०७८ कात्तिक १ देखि ३० गतेसम्म विभागमा म्याद थपको लागि निवेदन दिन सक्नेछन्।  जसअनुसार औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम उद्योगको सञ्चालन, व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्या...

कर्जाको भुक्तानी अवधि ६ महिनादेखि २ बर्षसम्म म्याद थप

सरकारले कोभिड–१९ का कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरूका लागि कर्जा भुक्तानी अवधि थप गर्ने व्यवस्थाअनुसार १९ हजार ७८६ ऋणीको जम्मा रु. ९३ अर्व ६३ करोड कर्जाको भुक्तानी अवधि थप गर्ने भएको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत कर्जाको भुक्तानी अवधि ६ महिनादेखि २ बर्ष कर्जा भुक्तानीको म्याद थप गर्ने जनाएको हो । जसमध्ये, न्यून प्रभावित विभिन्न पेशा, उद्योग र व्यवसायका ७,६८८ ऋणीको रु. ३० अर्ब ३ करोड कर्जाको भुक्तानी अवधि ६ महिना, मध्यम प्

दैलेखमा ज्यान मार्ने उद्योग कसुरमा एकजना पक्राउ

सुर्खेत ।  दैलेख प्रहरीले  ज्यान मार्ने उद्योग कसुरमा एकजनालाई पक्राउ गरेको  छ । पक्राउ पर्नेमा  गुराँस गाउपालिका– ३ जोडेवाज बस्ने वर्ष २२ को दलसिंह नेपाली रहेका छन् ।ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दाको अन्यायीलाई बुधबार उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार (आज) उनलाई जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

एक सय उन्नाइस उद्योगको म्याद थप

उद्योग विभागले दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका ११९ उद्योगलाई म्याद थप गरेको छ।