मन्त्रिपरिषद् बैठकको निर्णय : दुई आयोगको म्याद थपियो

सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ ।  बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई जानकारी दिए । दुबै आयोगको म्याद आज सकिँदै थियो । पछिल्लो पटक  १७ महिनाअघि आयोग गठन भएको थियो ।