काठमाण्डाै - घरेलु टोली पाकिस्तानसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड ७९ रनले विजयी भएको छ ।
न्युजिल्यान्डले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा अलआउट हुँदै १ सय ८२ रन मात्रै बनाउन सक्यो ।
पाकिस्तानका कप्तान बाबर आजामले ७९ तथा मोहम्मद रिजवानले २८ रन बनाए । न्युजिल्यान्डका टिम साउथी र ईश सोधीले २/२ विकेट लिए । कराचीमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६१ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि देवन कनवेले १ सय १ र कप्तान केन विलियम्सनले ८५ रन...