न्युजिल्यान्ड र यूएई आज तेस्रो तथा निर्णायक टी-२० खेल्दै

काठमाण्डाै - न्युजिल्यान्ड र यूएईबीचको तेस्रो तथा निर्णायक टी-२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दुबईमा शुरु हुनेछ । तीन खेलको शृङ्खला एक/एकको बराबरीमा छ । हिजो भएको दोस्रो टी–२० मा घरेलु टोली यूएईले ऐतिहासिक जितकासाथ शृङ्खला बराबरी गरेको हो । दुबईमा भएको खेलमा न्युजिल्यान्ड ७ विकेटले पराजित भयो । यूएईले कुनै पनि खेलमा न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो । पहिलो टी–२० मा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । न्युजिल्यान्डले...

सम्बन्धित सामग्री

आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दै

टी २० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् । क्रिकेट कमेन्टेटर सुशिल दोषीका अनुसार यी दुबै टिम फाइनल खेल्नका लागि हकदार छन् । त्यसैले सेमिफाइनल खेलमा पावर प्लेको खेल निर्णायक साबित हुनसक्छ । इंग्लिस टिमको ब्याटिङ केही उत्कृष्ट रहेको उनले बताए । ‘यो टिम एक अलग अप्रोचबाट खेल्छ र पहिलोदेखि अन्तिम बलसम्म हिटिङ गर्छ । तर न्युजिल्यान्डलाई पनि कम आँक्न सकिन्न । उसँग त्यस्ता बलर छन्, जो योजनाबद्ध रुपमा बलिङ गर्छन् र इंग्लिस ब्याट्सम्यानहरुलाई दबाबमा रा