वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी

काठमाण्डाै - घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । ब्रिजटाउनमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्ड ५० रनले विजयी भएसँगै तीन खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ । न्युजिल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर ३  बलमा १ सय ६१ रनमा अलआउट भयो । उसका याननिची कारियहले ५२ रनको अर्धशतकीय पारी खेलेपछि टोलीलाई जिताउन सकेनन् । न्युजिल्यान्डका टिम साउथीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए । मिचेल स्टानरले १ विकेट लिए । त्यसअघि पहिला ब्याटि...

सम्बन्धित सामग्री

न्युजिल्यान्डलाई हराउँदै भारत क्रिकेट विश्वकपको फाइनलमा - NepaliPatra

एजेन्सी । आयोजक भारतले आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा स्थान बनाएको छ । न्युजिल्यान्डमाथि ७० रनको जित निकाल्दै भारत सन् २०११ पछि पहिलोपटक क्रिकेट विश्वकपको फाइनलमा पुगेको हो । भारतले अब उपाधिका लागि आइतबार अस्ट्रेलिया वा दक्षिण अफ्रिका मध्ये एक टिमसँग खेल्नेछ । भारतले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८।५ ‌ओभरमा ३२७ रनमा […]

अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको 'क्लिन स्वीप'

काठमाण्डाै - अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानले क्लिनस्वीप गरेको छ । गएराति भएको तेस्रो खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो । पाकिस्तान आईसीसीको एकदिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छन् । जितका लागि २ सय ६९ रनको लक्ष्य पाएको अफगानिस्तान ४८ ओभर ४ बलमा २ सय ९ रनमा अलआउट भयो । उसका मुजिब उर रहमानले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका शादब खान...

न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज

काठमाण्डाै - न्युजिल्यान्ड र वेस्टइन्डिजबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल राति पौने १२ बजे ब्रिजटाउनमा सुरु हुनेछ । तीन खेलको शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले पराजित भएको थियो । शृङ्खला जोगाइराख्न न्युजिल्यान्डलाई आजको खेल जित्नुपर्ने दबाब छ । यी दुई देशबीचको तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला न्युजिल्यान्डले २–१ ले जितेको थियो । तेस्रो टी–२० मा ८ विकेटले विजयी...

उच्च मनोबलमा रहेको पाकिस्तानसँग न्युजिल्यान्डको परीक्षा

काठमाडौं । गएको सेटेम्बरमा न्युजिल्यान्ड पाकिस्तनको टुरमा थियो । टी–ट्वान्टी क्रिकेट र एकदिवसीय क्रिकेट सिरिज खेल्न गएको न्युजिल्यान्ड सुरक्षा खतरा भएको भन्दै नखेली फर्कियो । त्यस घटनाको पाकिस्तान सरकार र पाकिस्तान क्रिकेट दुवैले दुःख व्यक्त गरे । मैदानमा पुगिसकेको टिम क्रिकेट नै नखेली फर्कंदा पाकिस्तानी क्रिकेटरले पनि निराशा जनाए । त्यसपछि अहिले...

सुरक्षा कारण देखाउँदै न्युजिल्यान्डले पाकिस्तानसँगकाे शृङ्खला रद्द गर्‍याे

काठमाण्डाै – न्युजिल्यान्डले पाकिस्तानसँगको शृङ्खला रद्द गरेको छ । पाकिस्तानसँगको पहिलो एकदिवसीय खेल सुरु हुनुअघि न्युजिल्यान्डले भ्रमण रद्द गरेको हो । न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पहिलो एकदिवसीयका लागि रावलपिन्डी स्टेडियममा जान अस्वीकार गरेको हो ।  न्युजिल्यान्ड टोली १८ वर्षपछि पाकिस्तानमा क्रिकेट खेल्न आएको थियो । दुई टोलीबीच रावलपिन्डीमा तीन एकदिवसीय क्रिकेट खेल्ने तालिका थियो । त्यसपछि लाहोरमा पाँच टी–२० को शृङ्खला खेल्ने कार्यक्रम पनि थियो ।  न्युजिल्यान्डले विज्ञप्तिमा भनेको छ, &lsq...