काठमाण्डाै - इङ्ल्यान्डसँगको पहिलो एकदिवसीयमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको छ । ओपनर डेभन कन्वे र डर्याल मिचेलले शतक बनाएको खेलमा घरेलु टोलीलाई हराउँदै न्युजिल्यान्डले चार खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
जितका लागि २ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४५ ओभर ४ बलमा २ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डका डर्याल मिचेल १ सय १८ रनमा र डेभन कन्वे १ सय ११ रनमा अविजित रहे । विल योंग २९ र हेनरी निकोलस २६ रनमा आउट भए ।
इङ्ल्यान्डका आदिल राशिद र डेविड विल्लीले एक/एक विकेट लिए । त्यसअघि कार्डिफमा...