इंग्लिस प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीको खेल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् । पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र क्रिस्टल प्यालेस खेल्नेछन् । आजै हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड राति सवा १० बजे खेल्नेछन् । चेल्सी १० खेलमा २० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ भने युनाइटेड समान खेलमा १९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।   

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी

काठमाण्डौ, वैशाख २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले खेलको १३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै लिभरपुलले ३५ खेलमा ६२ अङ्क जोडेको छ । लिभरपुल पाँचौं स्थानमा रहेको छ। […]

इंग्लिस प्रिमियर लिग ठूला क्लबको जित

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा ठूला क्लबहरू म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेड र चेल्सीले जित निकालेका छन् । ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर...

न्युक्यासलसँग रोकियो म्यानचेस्टर सिटी

लिग च्याम्पियन म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लियो

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको फेरि शीर्ष स्थानमा फर्किएको छ। लिग अन्तर्गत बुधबार राति भएको खेलमा ब्राइटनमाथि ३–० को जित दर्ता गरेको म्यानचेस्टर सिटी लिभरपुललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि ५३ औँ मिनेटमा रियाद महरेज, ६५ औँ मिनेटमा फिल फोडिन र ८२ औँ मिनेटमा बेर्नार्डो […]

बराबरीमा रोकिए म्यानचेस्टर सिटी र लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेका दुई क्लब म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलसँग २–२ को खेलेको हो । सिटीका लागि केविन डी ब्रूयना र गाब्रिएल सिसजले गोल गरेका हुन् । लिभरपुलका लागि जोता र मानेले गोल गरे । खेलपछि […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि  २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो । यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भ...

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो ।

म्यानचेस्टर सिटी र टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी र टोटनह्याम विजयी भएका छन् । सिटीले अवे मैदानमा भएको खेलमा एभर्टनलाई १–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा ८२ औँ मिनेटमा फिल फोडिनले गरेको गोल नै निर्णायक बन्यो । अर्को खेलमा टोटनह्यामले लीड्स युनाइटेडलाई ४–० ले परजित गरेको छ […]

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आठ खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् । म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । यस्तै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका […]