क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो ।

सम्बन्धित सामग्री

अन्तिम समयमा रोकियो म्यानचेस्टर सिटी

एजेन्सी – प्रिमियर लिगको पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी शनिबार अन्तिम समयमा गोलको सामना गर्दै बराबरीमा रोकिएको छ । २-० को अग्रता रहेको सिटी खेलको अन्त्यतिर सम्हालिन नसक्दा क्रिस्टल प्यालेस विरुद्ध २-२ को बराबरीमा रोकिएको छ । यसअघिका दुई खेलमा जस्तै स्टार स्ट्राइकर एर्लिङ हालान्ड विना मैदानमा उत्रिएको सिटीले २४औं मिनेटमा अग्रता लिएको थियो […] The post अन्तिम समयमा रोकियो म्यानचेस्टर सिटी first appeared on हाम्रो खेलकुद.

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदै

काठमाडौं, मंसिर ३० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ । त्यस्तै, सवा ११ बजे बर्नली र एभर्टन खेल्नेछन् ।

म्यानचेस्टर सिटी र युनाइटेड दुबै पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टरका दुबै टोली पराजित भएका छन् । म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेस सँग १–० को हार बेहोरेको छ । ह्वाकीम एन्डरसनले खेलको एकमात्र गोल गरेका थिए । खेलको २५औं मिनेटमा एन्डरसनले गरेको गोल युनाइटेडलाई पराजित गर्न पर्याप्त रह्यो । मंगलबार इएफएल कपमा भने युनाइटेडले प्यालेसलाई ३–० ले हराएको थियो तर […] The post म्यानचेस्टर सिटी र युनाइटेड दुबै पराजित first appeared on हाम्रो खेलकुद.

इंग्लिस प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीको खेल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् । पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र क्रिस्टल प्यालेस खेल्नेछन् । आजै हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड राति सवा १० बजे खेल्नेछन् । चेल्सी १० खेलमा २० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ भने युनाइटेड समान खेलमा १९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

म्यानचेस्टर सिटी, लिभरपुल र  क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा

काठमाण्डाै - म्यानचेस्टर सिटी, लिभरपुल र  क्रिस्टल प्यालेस एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएकाे खेलमा म्यानचेस्टर सिटी साउथह्याम्टनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यस्तै, राति नै भएको अर्को खेलमा एभर्टन क्रिस्टल प्यालेससँग ४–० गोल अन्तरले पराजित भयो  भने लिभरपुलले नोटिङ्घम फरेस्टलाई १–० गोल अन्तरले पराजित गर्यो । अब लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग खेल्ने छ ।

म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस क्वाटरफाइनलमा, टोटेनहम भने बाहिरियो

काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने टोटेनहम हटस्पर भने बाहिरिएको छ । मंगलबार राति भएको खेलमा सिटीले पिटरर्सब्रग युनाईटेडलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । सिटीको जितमा रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल गरेका थिए । वेस्टन होम्स स्टेडियम गएराति भएको खेलमा घरेलु टोलीले […]

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो । क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

प्रिमियर लिगमा आज सात वटा खेल हुँदै

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन् । त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो । ९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा ...