काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताएका छन्। संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा उल्लेख गरेको बताएका हुन्। उनले एमालेले मात्रै जनतालाई मौलिक हकलाई व्यवहारमा सफल रूपमा अघि बढाउने दाबी गरे। संविधान दिवसकै अवसरमा असोज १ गते पदयात्रा