ओली र प्रचण्ड नेपालगञ्जमा

नेपालगञ्ज – एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपालगञ्ज आएका छन्। एमाले अध्यक्ष ओली कर्णाली प्रदेशका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुन नेपालगञ्ज आएका हुन्। बुधबार साँझ नै नेपालगञ्ज आएका ओलीले बिहीबार कर्णाली प्रदेशको दैलेख, जुम्ला र कालिकोटको कार्यक्रममा सहभागी भएर नेपालगञ्ज फर्किएका छन्। बिहीबार पनि ओली नेपालगञ्ज बस्ने […]

सम्बन्धित सामग्री

गठबन्धनको भागवण्डा मिलाउन प्रचण्ड निवास खुमलटार पुगे ओली

नेकपा विभाजनपछि ओली पहिलोपटक प्रचण्ड निवास पुगेका छन् । २०७७ पुस ४ मा ओली खुमलटार गएका थिए ।

ओली र प्रचण्ड बालकोटबाट शीतलनिवास तर्फ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवास शीतलनिवासतर्फ निस्किएका छन् । राष्ट्रपतिले सरकार गठनमा दिएको समयसीमा अहिले पाँच बजे सकिनु अगावै उनीहरू सात पार्टीको समर्थनसहित शीतलनिवास गएका हुन् । राष्ट्रपाति विद्यादेवी भण्डारीले सबैभन्दा ठूलो दल कांग्रेसलाई संविधानको धारा ७६(२) अनुसार सरकार गठनका […] The post ओली र प्रचण्ड बालकोटबाट शीतलनिवास तर्फ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालकोटको बार्दलीमा ओली र प्रचण्ड

आइतबार बालकोटमा बसेको निर्णायक बैठकले प्रचण्डलाई साढे २ वर्षका लागि प्रधानमन्त्री बनाउने निर्णय गर्‍यो । त्यससँगै बार्दलीमा ओली र प्रचण्ड एकसाथ उभिए । समर्थकहरूलाई हात हल्लाए ।

सरकारको दाबी गर्न ओली र प्रचण्ड लागे राष्ट्रपति निवासतर्फ

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नेकपा एमाले नेतृत्वका दलहरू राष्ट्रपति कहाँ सरकारको दाबी गर्ने भएका छन्। त्यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवासतर्फ लागेका छन्।

ओली र प्रचण्ड मिलाउने चिनियाँ रणनीति

काठमाडौं, ११ चैत्र । यतिबेला दुई ठूलो कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु चीनमा छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी नेता वर्षमान पुन चीनमा छन् । उनीहरु दुवै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई मिलाउनुपर्ने पक्षका हुन् । नेकपा हुँदा यी दुवै नेता पार्टी एक बनाउन […]

व्यङ्गय : ओली, देउवा, प्रचण्ड र नेपालको लुतो फालाफाल

सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कटरेखामाथि पुगेकै बेला परमादेश अनुसार सूर्य बालुवाटारबाट बाल्कोटमा सरेर कर्कशरेखामाथि पुग्यो । अनि कण्डारक नामक राक्षसको पूजा गरेर लुतो फाल्ने दिन सम्झँदै ओली, देउवा, प्रचण्ड र नेपाल कचकच र छटछट नामक प्रवृत्तिको पूजा गर्दै आआफ्नो घरमा लुतो फाल्न बसे ।चलनचल्ती अनुसार लुतो फाल्दा जोडा कागती, निबुवा, अम्बा, अनार, नासपाती, कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका फलफूल र वनस्पति चाहिन्छ । तर नागरिकले त लुतो फाल्न चाहिने यी सरसामग्री बिर्सिसकेको बेला नेताहरुले सम्झने...

ओली र प्रचण्ड मिलेर चुनावमा जाने ओली पक्षका नेता महासेठको दाबी

न्युज अफ नेपाल , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले ओली र प्रचण्ड मिलेर चुनावमा जाने दावी गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर चुनावमा जाने दाबी गर्नु भएको हो । उहाँले भन्नुभयो […]

ओली र प्रचण्ड–माधवपक्षका बिचको विवाद : दोषी को ?

मोहनविक्रम सिंह ।। ओली तथा प्रचण्ड र माधवपक्षका बिचको विवादमा दोषी को हो ? दुबै पक्षले एकर्कालाई दोषी बताइरहेका छन् । जनताका बिचमा पनि ती दुबै पक्ष समान रूपले दोषी भएको कुरा बताउने विचार निकै पाइन्छ । तर चिजको सही र तथ्यगत विश्लेषण गरेर नै हामीले कुनै निष्कर्ष निकाल्ने प्रयत्न गर्नुपर्दछ । ती दुबै पक्षको लामो राजनीतिक इतिहास छ, जसमा राम्रा र नराम्रा दुबै प्रकारका नीति वा भूमिका सामेल छन् । गत कालमा उनीहरूले गरेका विभिन्न प्रकारका गल्तीको हामीले बारम्बार आलोचना वा सङ्घर्ष गर्ने गरेका छौँ । तर कुनै खास बेलामा को कति दोषी छ भन्ने कुरा छुट्याउँदा त्यही बेलाको ठोस घटनाक्रमलाई आधार बनाएर नै मत निश्चित गर्नुपर्दछ । मानिलिऊँ दुई जना व्यक्तिको बिचमा लेनदेन, जग्गाजमिन, कुटपिट वा अन्य कुनै विषयमा झगडा पर्दछ । त्यस सन्दर्भमा को कति दोषी छ भनेर छुट्याउँदा उनीहरूसित सम्बन्धित सबै पुराना कुराको होइन, त्यही बेलाको घटनाक्रमसित सम्बन्धित तथ्यको आधारमा नै कसको पक्षमा न्याय छ वा छैन ? त्यो कुरा छुट्याउनुपर्दछ । त्यही कुरा अहिले एकातिर ओली र अर्कातिर प्रचण्ड–माधव पक्षका बिचको विवादबारे पनि सत्य हो । अहिलेको विवाद मुख्य रूपले नेकपाभित्रको अन्तरकलह र संसदको विघटनसित नै सम्बन्धित छ । त्यसका आधारमा नै कसको पक्ष न्यायपूर्ण छ र छैन ? त्यो कुरा छुट्याउनुपर्दछ । सम्बन्धित तथ्यमाथि विचार गर्दा ओलीपक्ष नै दोषी भएको कुरामा कुनै शङ्का रहन्न । गतकालमा ती दुबै पक्षको बिचको विवाद जुनसुकै रूपमा चलेको भए पनि तात्कालिक रूपमा त्यो विवाद प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजेको कारणले नै उत्पन्न भएको हो । ओलीले त्यसैलाई आधार बनाएर उनलाई काम गर्न नदिएको बताएर संसदको विघटनको आफ्नो कार्यलाई सही सावित गर्ने प्रयत्न गरिरहेका छन् । तर उनको त्यस प्रकारको दावी तर्कसङ्गत छैन । किनभने कुनै पनि पार्टी, सङ्गठन वा सङ्घसंस्थामा त्यसका सदस्य वा केन्द्रीय सदस्यहरूलाई आफ्ना कुनै पनि नेता वा नेतृत्वका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने वा पदबाट हटाउन प्रयत्न ...

यस्तो छ आयोगले ओली र प्रचण्ड–नेपाललाई पठाएको अस्वीकार पत्र (११ पन्ने पत्रसहित)

काठमाडौं । प्रतिनिधि सभा भंग गर्ने सरकारको निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बढेको विवादपछि आफूले गरेका निर्णयसहित मान्यताका लागि निर्वाचन आयोग पुगेका नेकपाको केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षलाई आयोगले अस्वीकार गरेको छ । जसमा ओली पक्षले विधान संशोधन र केन्द्रीय समिति विस्तार तथा प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको जानकारी आयोगलाई गराएका थिए । तर, आयोगले भने पुस ५ पछि दुवै पक्षले गरेका निर्णय अस्वीकार गर्दै पुस ५ अघिकै नेकपामात्