‘ओली डे’ मा हाँसियो, ‘होलिडे’ मा नाचिन्छ

दुई महिना अघिसम्म ओलीको दिन थियो, अर्थात 'ओली डे' थियो । ओलीले जे चाह्यो र जे भन्यो, त्यही हुन्थ्यो । 'ओली डे' रहँदासम्म देश ओलीमय थियो । टिभीमा ओली, पत्रिकामा ओली, अनलाइनमा ओली, पोलमा ओली, बिहानको बेसार र बेलुकाको रक्सीको झोलमा पनि ओली ।बिहानदेखि बेलुकासम्म जताततै ओलीका मात्रै कुरा हुन्थे । एकथरी भन्थे – ओलीले बसीखान दिएनन्, निकाल्नुपर्छ । अर्काथरी भन्थे–ओलीले बसीबसी खान दिएका छन्, निकाल्न हुँदैन । समर्थन पनि ओलीको, विरोध पनि ओलीको । कुरा ओलीको । वादविवाद पनि ओलीको । हरेक क्षण ओलीको कुर...