प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक सिंहदरबारमा ओली

नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् ।प्रधानमन्त्रीबाट बाहिरिएपछि उनी पहिलो पटक सिंहदरबार आएका हुन् । प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।ओलीले केही नेताहरूसँग समसामयिक विषयमा कुराकानी गर्दैछन् ।  संसदीय दलको कार्यालयमा ओली आएसँगै नेताहरूको चहलपहल बढेको छ ।

सम्बन्धित सामग्री

ओली र भट्टराईबीच बालकोटमा भेटघाट

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटघाट भएको छ । अध्यक्षद्वय ओली र भट्टराईबीच सोमबार ओली निवास बालकोटमा भेटघाट भएको हो । भेटवार्तामा उनीहरुबीच मुलुकको

अचानक झापा पुगे ओली

एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।आज संसदमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।  नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा पुगेका हुन् ।

ओली र प्रचण्ड नेपालगञ्जमा

नेपालगञ्ज – एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपालगञ्ज आएका छन्। एमाले अध्यक्ष ओली कर्णाली प्रदेशका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुन नेपालगञ्ज आएका हुन्। बुधबार साँझ नै नेपालगञ्ज आएका ओलीले बिहीबार कर्णाली प्रदेशको दैलेख, जुम्ला र कालिकोटको कार्यक्रममा सहभागी भएर नेपालगञ्ज फर्किएका छन्। बिहीबार पनि ओली नेपालगञ्ज बस्ने […]

केपी ओली पोखरामा

पोखरा, १३ फागुन : एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन् । पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका  एमालेका नेताले स्वागत गरेका छन् । कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पाेखरा आएका ओली आजै काठमाडाैँ फर्किने छन् ।

चितवन आइपुगे ओली

एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन आइपुगेका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आइपुगेका हुन् । आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले रातोपाटीलाई जानकारी दिए ।यस्तै उनले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । यस्तै एमालेका अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि चितवन

‘ओली डे’ मा हाँसियो, ‘होलिडे’ मा नाचिन्छ

दुई महिना अघिसम्म ओलीको दिन थियो, अर्थात 'ओली डे' थियो । ओलीले जे चाह्यो र जे भन्यो, त्यही हुन्थ्यो । 'ओली डे' रहँदासम्म देश ओलीमय थियो । टिभीमा ओली, पत्रिकामा ओली, अनलाइनमा ओली, पोलमा ओली, बिहानको बेसार र बेलुकाको रक्सीको झोलमा पनि ओली ।बिहानदेखि बेलुकासम्म जताततै ओलीका मात्रै कुरा हुन्थे । एकथरी भन्थे – ओलीले बसीखान दिएनन्, निकाल्नुपर्छ । अर्काथरी भन्थे–ओलीले बसीबसी खान दिएका छन्, निकाल्न हुँदैन । समर्थन पनि ओलीको, विरोध पनि ओलीको । कुरा ओलीको । वादविवाद पनि ओलीको । हरेक क्षण ओलीको कुर...

के केपी शर्मा ओली गलेका हुन्?

काठमाडौं। केहीदिन अघिसम्म सत्तामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै दलका नेताहरुका असहयोगका कारण आज सडकमा पुगेका छन्। दुईतिहाइको सरकार र ठूलो पार्टीको नेतृत्वबाट ओली आफ्नै दलका नेता/सांसदका कारण बाहिरिन पुगेका छन्। हिजोसम्म गद्दार,षड्यन्त्रकारीलाई पार्टीमा ठाउँछैन भन्ने ओली आज आममाफी दिँदै एकताको आह्वानसम्म आइपुगेका छन्। के ओली गलेका हुन्? नेता गोकुल बाँस्कोटा भन्छन्–गलेको होइन,एकताका लागि हदै लचकता अपनाएको हो।

ओली र नेपालबीच वार्ता सकियो, ओली वार्तास्थलबाट बाहिरिए

काठमाडौं ।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् । वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

ओली र नेपालबीचको भेटवार्ता सकियो

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ। दुई नेताबीच काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भएको छलफल सकिएको हो। पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा छन्। अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आपसमा जुहारी चल्ने र पानी बाराबारको स्थिति रहदै आएको थियो।फुटको अन्तिम कसरतमा रहेका बेलामा ओली र नेपालबीच बुधबार बेलुका दुई घण्टा भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ। ओली र ने

‘ओली राष्ट्रवादी नभएर अवसरवादी हुन्’

‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको त्वं शरणम् भइसक्यो,’ कांग्रेस सभापति देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद ?’ ओली राष्ट्रवादी नभएर अवसरवादी भएको आरोप लगाउँदै देउवाले आफूले ओली ...