पिच गरेको भोलिपल्टै सडक उप्किन थालेपछि...

सडक पिच गरेको २४ घन्टा नबित्दै धमाधम पिच उप्कन थालेपछि बर्दिबासस्थित खयरमाराका स्थानीय आन्दोलित भएका छन् । टेन्डर प्रक्रियाबाट युनिभर्सल कन्स्ट्रक्सनले ठेक्का पाएको लक्ष्मीनारायण माध्यामिक विध्यालयदेखि पोखरीसम्मको पिच उप्कन थालेको हो । पिच गर्नेक्रममा ठेकेदारले कमसल र गुण्स्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन् । बढी नाफा लिने उद्देश्यले ठेकेदार कम्पनीले बेइमान गरेको स्थानीयको भनाइ छ ।उच्च माध्यामिक विध्यालयदेखि पोखरीसम्म झन्डै ११ सय मिटर पिच सडक टेन्डरमार्फत युनिभर्सल कन्स्ट्रक्सनले करिब एक

सम्बन्धित सामग्री

सडक पिच नगरेको विरोधमा थली बन्द

काठमाडौँ – सडक पिच नगरेको भन्दै थलीबासीले बन्द गराएका छन्। १० वर्षदेखि निर्माणाधीन सडक बल्लबल्ल पिच गर्ने तयारी गरे पनि भनेको समयमा काम नएको भन्दै स्थानीयले शुक्रबार बन्द गराएका हुन्। अत्याधिक धुलो उड्दा जनजीवन नै आक्रान्त बनेको छ। निर्माण कम्पनीले बिहीबारदेखि पिच गर्ने भने पनि नगरेपछि स्थानीय बासी आक्रोशित भएका हुन्।

सडक पिच गर्न माग गर्दै थली-साँखु खण्ड बन्द

२३ मंसिर, काठमाडौं । बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले थली-साँखु सडकखण्ड बन्द गराएका छन् । ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा आज बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ । थली-साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा उल्लेख छ […]

क्याम्पसको जग्गामा पिच बाटो बनेपछि विवाद

क्याम्पसको छात्रावासदेखि पश्चिमतर्फ रहेको जग्गा मिचेर स्थानीयले पिच सडक बनाएका हुन्।

सडक पिच गरिरहेको ग्रेडरले किच्दा किशोरीको मृत्यु

काठमाडौँ- कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित सडक पिच गरिरहेको ग्रेडरले किच्दा एक किशोरीको मृत्यु भएको छ । साइकल चलाइरहेकी किशोरीको ग्रेडरले ब्याक गर्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनगढी ५ तारानगरकी १५ वर्षीय चेतना साउद हुन् । बिहीबार बिहान साढे १० बजेतिर सडक पिच गरिरहेको  ना १ क ९७५ नम्बरको कालिका […]

गजेन्द्र महतको गुनासो : पिच सडक त हाम्रो भाग्यमै लेखेको छैन

काठमाडौं : सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले सडकमा कालोपत्र आफूहरुको भाग्यमै नभएको बताएका छन्।मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जुम्लाबाट स्याउ झार्ने बेलामा हिलाम्मे सडक भएर बाटोमै कुहिने अवस्था बनेको गुनासो गरे। उनले भने, ‘प्रतिपक्षले मलाई हेरिरहेको छ। उता होइन आज म जुम्ला जिल्लाको समस्या भन्दैछु। बाटो पिच त भाग्यमै लेखेको छैन। ओटासिल भन्छ १० बर्ष भइसक्यो। शहरबजारमा चार/पाँच चोटी पिच भइसक्यो, काठमाडौंको पिच ५ इन्चभन्दा बाक्लो छ। मन्

तिनपिप्लेमा सडक अवरुद्ध, मुड्खु-ककनी खण्ड पिच गर्न माग

काठमाडौँ । मुड्खु–ककनी सडक खण्ड पिच गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । तिनपिप्लेमा भेला भएर स्थानीयले सवारी साधन आवत -जावतमा मा जाउमा रोक लगाएका छन् । स्थानीयको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई समेत तिनपिप्लेबाटै फिर्ता पठाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बल्खु पुलबाट सुन्दरीघाट जाने सडक ग्राभेल गर्ने काम […]

तिनपिप्लेमा सडक अवरुद्ध, मुड्खु-ककनी खण्ड पिच गर्न माग

१८ चैत, काठमाडौं । मुड्खु–ककनी सडकखण्ड पिच गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । तिनपिप्लेमा भेला भएर स्थानीयले सवारी साधन आउ–जाउमा रोक लगाएका छन् । स्थानीयको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई समेत तिनपिप्लेबाटै फिर्ता पठाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बल्खु पुलबाट सुन्दरीघाट जाने सडक ग्राभेल गर्ने काम भइरहेकाले उक्त […]

बाटो पिच नहुँदाको आक्रोश : एमाले नेता फुयाँललाई थलीवासीले र्‍याखर्‍याख्ती पारे

१० चैत, काठमाडौं । जोरपाटी–साँखु सडकखण्ड पिच नगरेको भन्दै थलीका बासिन्दाले एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर र्‍याखर्‍याख्ती पारेका छन् । काम सुरु गरेको सात वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानीयवासी आज बिहान सडकमा भेला भएर सवारी आवागमन अवरुद्ध पारे । त्यसपछि बाटो खुलाउने पहल गर्न भन्दै एमाले नेता एवम् बागमती प्रदेश सभा सदस्य […]

जोरपाटी-साँखु सडक पिच गर्न माग गर्दै थलीमा बाटो अवरुद्ध

१० चैत, काठमाडौं । जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे (पिच) गर्न माग गर्दै थलीका बासिन्दाले सडक अवरुद्ध पारेका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहानैदेखि सडक अबरुद्ध पारेका हुन् । उनीहरुले सडकमा बाँसका भाटा तेर्स्याएका छन् । यसैगरी ललितपुरको सातदोबाटो–चापागाउँ सडकखण्डमा पनि स्थानीयले […]

वर्षौंदेखि अलपत्र जोरपाटी-सुन्दरीजल सडक पिच गरिँदै

काठमाडौं : वर्षौंदेखि अलपत्र जोरपाटी-सुन्दरीजल सडक कात्तिक २७ र २८ गते पिच हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाले सूचना जारी गर्दै सडक पिच गर्ने जनाएको हो।नगरपालिकाले सडक पिच गर्ने भएकाले सडकमा पानी नहाल्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ। ‘सडकलाई बलियो र मजबुत बनाउन एक हप्ता सडक सुक्खा राख्नुपर्छ’‚ नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले भने, ‘त्यसैले पानी नहाल्न भनेका छौँ। यही २७ गतेदेखि कालोपत्रे हुन्छ।’उक्त सडक खण्डको ७ किलोमिटर निर्माणका लाग