वर्षौंदेखि अलपत्र जोरपाटी-सुन्दरीजल सडक पिच गरिँदै

काठमाडौं : वर्षौंदेखि अलपत्र जोरपाटी-सुन्दरीजल सडक कात्तिक २७ र २८ गते पिच हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाले सूचना जारी गर्दै सडक पिच गर्ने जनाएको हो।नगरपालिकाले सडक पिच गर्ने भएकाले सडकमा पानी नहाल्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ। ‘सडकलाई बलियो र मजबुत बनाउन एक हप्ता सडक सुक्खा राख्नुपर्छ’‚ नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले भने, ‘त्यसैले पानी नहाल्न भनेका छौँ। यही २७ गतेदेखि कालोपत्रे हुन्छ।’उक्त सडक खण्डको ७ किलोमिटर निर्माणका लाग

सम्बन्धित सामग्री

जोरपाटी-सुन्दरीजल सडक विस्तार : कहिले स्थानीय खुसी, कहिले दुःखी

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले गत कात्तिक २२ गते जोरपाटी–सुन्दरीजल सडक २७ र २८ गते पिच गर्ने भन्दै त्यहाँ कसैलाई पानी नहाल्न अनुरोध गर्‍याे। यही सूचनाले वर्षौंदेखि अलपत्र सडक पिच हुने भनी स्थानीय हर्षित भए। नभन्दै सोही दिन उक्त सडक खण्डअन्तर्गत जोरपाटी सानो बजारदेखि भेनस स्कुल अगाडिसम्मको करिब चार सय मिटर सडक पिच भयो।तर त्यो स्कुलअगाडिबाट गोकर्णतर्फको सडक पिच भएन। बरु पाँच दिनसम्म अलकत्रा हालेर सडक बन्द गरियो। सवारीसाधन हिँड्न दिइएन। यसले गर्दा सवारीसाधन चालक अहिले दुःख ख

जोरपाटी–सुन्दरीजल सडकखण्ड : पाँच वर्षदेखि अलपत्र

काठमाडौं । निर्माणकार्य अघि बढेको करिब पाँच वर्ष बितिसक्दा पनि उस्तै छ जोरपाटी–सुन्दरीजल सडकखण्ड । स्थानीय, पैदलयात्रु, सवारीचालक, सर्वसाधारणले धुलोधुवाँ र हिलाम्य सडकको सास्ती खेप्दै आएका छन् । शनिबार बिहान बेसीगाउँका किरण बराल सडकमा पानी छर्कंदै थिए । ‘‘अब त सडक पिच हुने आशा मरिसक्यो । अलि–अलि धुलोधुवाँ कम हुन्छ कि...

जोरपाटी–सुन्दरीजल सडकको काम तीव्र, वैशाखसम्ममा कालोपत्रे लक्ष्य

काठमाडौं : उपत्यका सडक विस्तार आयोजनाले वर्षौंदेखि अलपत्र जोरपाटी–सुन्दरीजल सडक आगामी वैशाखसम्ममा कालोपत्रे गर्ने लक्ष्य लिएको छ। समयमा सडक पिच गर्न अहिले तीव्र गतिमा सडक विस्तारको काम भइरहेको सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन्।‘जोरपाटी–सुन्दरीजल सडक विस्तार भइरहेको छ,’उनले भने,‘वैशाखसम्ममा कालोपत्रे हुन्छ।’ गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाका अनुसार जोरपाटी–सुन्दरीजल सडकअन्तर्गतको मेडिकल कलेज,भैरव चौर,