२३ मंसिर, काठमाडौं । बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले थली-साँखु सडकखण्ड बन्द गराएका छन् । ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा आज बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ । थली-साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा उल्लेख छ […]