जीवन बीमा शुल्क २८.७१ प्रतिशतले बढ्यो

नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो । गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रु

सम्बन्धित सामग्री

जीवन बीमा कम्पनीले फागुनमा आर्जन गरे ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरूले फागुन महीनामा कुल रू. ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीले फागुनमा ४ लाख १५ हजार ६७६ ओटा बीमालेख विक्री गरेर कुल रू. ११ अर्ब ६५ लाख बीमा शुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क माघको तुलनामा भने ७ दशमलव ९७ प्रतिशत कम हो । माघमा १४ कम्पनीले कुल रू. १२ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका थिए ।  फागुनमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । एक महीनामा यस कम्पनीले रू. ३ अर्ब ९ करोड बीमा शुल्क आर्जन गरेको हो । यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।  १४ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क राष्ट्रिय बीमा जीवन बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले रू. २४ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको छ ।  बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको आठ महीना अर्थात् फागुन महीनासम्म भने १४ कम्पनीले १ करोड ३७ लाख ८० हजार २ ओटा बीमालेख विक्री गरेर कुल रू. ९८ अर्ब ५६ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीले फागुनमा आर्जन गरे ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरूले फागुन महीनामा कुल रू. ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीले फागुनमा ४ लाख १५ हजार ६७६ ओटा बीमालेख विक्री गरेर कुल रू. ११ अर्ब ६५ लाख बीमा शुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क माघको तुलनामा भने ७ दशमलव ९७ प्रतिशत कम हो । माघमा १४ कम्पनीले कुल रू. १२ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका थिए ।  फागुनमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । एक महीनामा यस कम्पनीले रू. ३ अर्ब ९ करोड बीमा शुल्क आर्जन गरेको हो । यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।  १४ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क राष्ट्रिय बीमा जीवन बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले रू. २४ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको छ ।  बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको आठ महीना अर्थात् फागुन महीनासम्म भने १४ कम्पनीले १ करोड ३७ लाख ८० हजार २ ओटा बीमालेख विक्री गरेर कुल रू. ९८ अर्ब ५६ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले ५ महीनामा आर्जन गरे ६१ अर्बभन्दा बढी बीमा शुल्क

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पाँच महीनामा १४ जीवन बीमा कम्पनीहरूले रू. ६१ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यी कम्पनीले मङ्सिर महीनासम्ममा १ करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमालेख विक्री गरी रू. ६१ अर्ब ७४ करोड ७१ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् । यो रकम गत आवको मङ्सिर महीनासम्मको तुलनामा ३ दशलमव ७५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीहरूले कुल रू. ५९ करोड ५१ लाख बीमा शुल्क आर्जन गरेका थिए ।  चालू आवको पाँच महीनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले मङ्सिर महीनासम्ममा रू. १६ अर्ब ७६ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।  यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीले रू. ७ अर्ब १६ करोड बीमा शुल्क आर्जन गरेको छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले रू. ६ अर्ब ९२ करोड र हिमालयन लाइफ इन्स्योरेन्सले रू. ६ अर्ब ७९ करोड बीमा शुल्क आर्जन गरेका छन् ।  गत वर्षको तुलनामा चालू आवको ५ महीनामा अधिकांश जीवन बीमा कम्पनीले व्यवसाय बढाउन सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीसँगै सन नेपाल लाइफ र एलआइसी नेपालको व्यवसाय भने घटेको छ भने बाँकी सबै कम्पनीको व्यवसाय बढेको छ ।  गत आवको तुलनामा चालू आवमा सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । यस कम्पनीले मङ्सिर मसान्तसम्ममा रू. १ अर्ब ६७ करोड बीमा शुल्क आर्जन गरेको छ । यो रकम गत आवको यसै अवधिको तुलनामा आर्जन गरेको बीमा शुल्कभन्दा १५ दशलमव ९३ प्रतिशत बढी हो ।  यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको बीमा शुल्क १३ दशलमव ३४ प्रतिशत, आइएमई लाइफको ११ दशमलव १८ प्रतिशत र नेशनल लाइफ इन्स्योरेन्सको साढे ९ प्रतिशत वृद्धि भएको छ ।  राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क १८ दशमलव ६३ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५ अर्ब ५६ करोड बीमा शुल्क आर्जन गरेकोमा चालू आवमा घटेर रू. ४ अर्ब ५२ करोडमा झरेको हो । सन नेपाल लाइफको बीमा शुल्क ११ दशलमव १७ प्रतिशत घटेको छ । कुन कम्पनीले कति आर्जन गरे बीमा शुल्क  स्रोत : नेपाल बीमा प्राधिकरण ।

२४ प्रतिशत घट्यो जीवन बीमा व्यवसाय

जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कबापतको रकम गत आर्थिक वर्ष २४ प्रतिशतले घटेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले गत आवको असारसम्ममा ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २४ प्रतिशत कम हो । अघिल्लो आवमा जीवन बीमा […]

जेठमा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन ११.३० प्रतिशत बढ्यो

काठमाडौं । वैशाखको तुलनामा जेठमा जीवन बीमा कम्पनीहरूको कूल बीमा शुल्क आर्जन ११ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । वैशाख मसान्तमा बीमा कम्पनीहरूले कुल रू. ९ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेका थिए । जेठमा भने ती कम्पनीहरूले रू. १० अर्ब ४३ करोडको बीमा शुल्क आर्जन गरेका छन् ।  आर्थिक मन्दी हुँदा पनि अधिकांश जीवन बीमा कम्पनीहरूले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।  नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार जेठमा चार कम्पनीको बीमा शुल्क आर्जन घटेको छ भने बाँकी ११ कम्पनीको बीमा शुल्क आर्जन बढेको छ । तीमध्ये नेशनल लाइफ इन्स्यारेन्स कम्पनीको बीमा शुल्क आर्जन सबैभन्दा बढी ६३ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले वैशाखमा रू. १ अर्ब २ करोड बीमा शुल्क आर्जन गरेको थियो । जेठमा भने कम्पनीको बीमा शुल्क आर्जन रू. १ अर्ब ६७ करोड पुगेको छ ।  यो सूचीमा दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स छ । कम्पनीको बीमा शुल्क आर्जन वैशाखको तुलनामा जेठमा ३२ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । वैशाखमा यस कम्पनीले रू. ३४ करोड ५ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा कम्पनीले रू. ४५ करोड १७ लाख बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जन ४० दशमलव २२ प्रतिशत घटेको छ । कम्पनीले वैशाख मसान्तसम्ममा रू. ४७ करोड ८३ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा उक्त रकम रू. २८ करोड ५९ लाखमा झरेको हो ।

१९ जीवन बीमा कम्पनीले आर्जन गरे बीमा शुल्कबाट १ खर्ब ३९ अर्ब

२७ साउन काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा करिब एक खर्ब ३९ रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा १९ जीवन बीमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । जुन कुल बीमा शुल्क आर्जनको २९.९० प्रतिशत हो । […]

जीवन बीमा कम्पनीहरूको बीमा शुल्क औसत ७.१५ % ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

चैत २२, काठमाडौं । जीवन बीमा कम्पनीहरूले माघको तुलनामा फागुनमा कुल बीमा शुल्क आर्जन औसत ७ दशलमव १५ प्रतिशतले वृद्धि गरेका छन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को माघको तुलनामा फागुनमा १९ जीवन बीमा कम्पनीले कुल बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएका हुन् ।  बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार माघको तुलनामा फागुनमा कम्पनीले बीमा पोलिसी विक्रीबाट प्राप्त हुने शुल्कमा वृद्धि भएको हो । फागुनमा मात्रै १९ ओटा जीवन बीमा कम्पनीले कुल रू. १० अर्ब ९० करोड बीमा शुल्क आर्जन गरेका छन् । यो बीमाशुल्क माघको तुलनामा  ४ दशमलव ९४ प्रतिशतले वृद्धि भएको हो । माघमा मात्र यी जीवन बीमा कम्पनीहरूले कुल रू. १० अर्ब ३८ करोड बीमा शुल्क आर्जन गरेका थिए ।  सार्वजनिक तथ्यांक अनुसार १९ ओटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफले रू. २ अर्ब ८४ करोड बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क माघको तुलनामा ५ प्रतिशतले वृद्धि भएको हो । माघमा कम्पनीले कुल रू. २ अर्ब ६९ करोड बीमा शुल्क आर्जन गरेको थियो ।  प्रतिशतका आधारमा माघको तुलनामा फागुनमा सबैभन्दा बढी रिलायबल नेपाल लाइफको बीमा शुल्क ४० दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले माघमा रू. २५ करोड ५७ लाख कुल बीमा शुल्क आर्जन गरेकोमा फागुनमा बढेर रू. ३६ करोड ४ लाख पुगेको हो । त्यसैगरी दोस्रोमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क ४० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले माघमा रू. २६ करोड ५ लाख बीमा शुल्क आर्जन गरेकोमा फागुनमा बढेर रू. ३७ करोड २२ लाख पुगेको हो ।  फागुनमा १९ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रू. ११ करोड ३६ लाख बीमा शुल्क आर्जन गरेको छ । नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने अग्रस्थानमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले फागुनमा मात्रै कुल रू. ७५ करोड ९१ लाख बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क माघको तुलनामा ८ दशमलव ७४ प्रतिशतले वृद्धि भएको हो । माघमा कम्पनीले रू. ६९ करोड ८१ लाख बीमा शुल्क आर्जन गरेको थियो ।

१९ ओटा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ८१ अर्बभन्दा बढी

फागुन १७, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/ ७९ को सात महीनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।  बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार १९ ओटा जीवन बीमा कम्पनीले उक्त रकम आर्जन गरेका हुन् ।  उक्त अवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले चालू आवको सात महीनाको अवधिमा २१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै बढी कुल बीमा शुल्क आर्जन गर्ने दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) रहेको छ । यो कम्पनीले उक्त अवधिमा ९ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये सो अवधिमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले  चालू आवको माघ महीनासम्ममा ८१ करोड ९३ लख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  कम कुल बीमा शुल्क आर्जन गर्ने दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले उक्त अवधिमा १ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  १९ ओटा जीवन बीमा कम्पनीले माघ महीनामा मात्र १० अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । माघ महीनामा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा पनि नेपाल लाइफ इन्स्योरेन्सको नै भएको छ । उक्त कम्पनीले माघ महीनामा २ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो महीनामा महालक्ष्मी लाइफ इन्स्योरेन्सले १२ करोड ३९ लाख रुपैयाँ कुुल बीमा शुल्क आर्जन गरेको छ । उक्त महीना यो कम्पनीको १९ ओटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम कुल बीमा शुल्क आर्जन हो ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

बीमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढ्यो

नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढेको छ। नियामक निकाय बीमा समितिका अनुसार यो वर्षको असोज मसान्तसम्ममा निर्जीवन बीमा शुल्क सङ्कलन नौ अर्ब ६९ करोड ३४ लाख रुपियाँ पुुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्जीवन बीमा शुल्क सङ्कलन सात अर्ब ५८ करोड रुपियाँ रहेको थियो। यो वर्षको असोज मसान्तसम्ममा जीवन बीमा शुल्क सङ्कलन ३८ अर्ब १८ करोड छ लाख रुपियाँ पुुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा शुल्क सङ्कलन ३२ अर्ब २८ करोड रुपियाँ रहेको थियो।सञ्चालनमा रहेका १९ ...