१९ ओटा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ८१ अर्बभन्दा बढी

फागुन १७, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/ ७९ को सात महीनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।  बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार १९ ओटा जीवन बीमा कम्पनीले उक्त रकम आर्जन गरेका हुन् ।  उक्त अवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले चालू आवको सात महीनाको अवधिमा २१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै बढी कुल बीमा शुल्क आर्जन गर्ने दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) रहेको छ । यो कम्पनीले उक्त अवधिमा ९ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये सो अवधिमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले  चालू आवको माघ महीनासम्ममा ८१ करोड ९३ लख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  कम कुल बीमा शुल्क आर्जन गर्ने दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले उक्त अवधिमा १ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  १९ ओटा जीवन बीमा कम्पनीले माघ महीनामा मात्र १० अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । माघ महीनामा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा पनि नेपाल लाइफ इन्स्योरेन्सको नै भएको छ । उक्त कम्पनीले माघ महीनामा २ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो महीनामा महालक्ष्मी लाइफ इन्स्योरेन्सले १२ करोड ३९ लाख रुपैयाँ कुुल बीमा शुल्क आर्जन गरेको छ । उक्त महीना यो कम्पनीको १९ ओटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम कुल बीमा शुल्क आर्जन हो ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट  

सम्बन्धित सामग्री

जीवन बीमा कम्पनी : व्यवसायमा झीनो सुधार

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको व्यवसायमा झीनो सुधार देखिएको छ । वित्तीय क्षेत्रमा तरलताको अभाव, आर्थिक गतिविधिमा देखिएको कमी र उच्च महँगीलगायतको प्रभाव बीमा कम्पनीहरूको व्यवसायमा देखिएको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आवको पुससम्ममा जीवन बीमा कम्पनीहरूले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो १ दशमलव शून्य ४ प्रतिशतमात्र बढी हो । अघिल्लो आवको पुससम्ममा देशका सबै जीवन बीमा कम्पनीहरूले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । पोहोर पुसमा बीमा कम्पनीहरूमा १ करोड १० लाखओटा बीमालेख सक्रिय रहेकोमा यसपालि पुसमा आइपुग्दा सक्रिय बीमालेखको संख्या १ करोड ४१ लाख पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार पुससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसले १८ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सूर्या र ज्योति लाइफ इन्स्योरेन्स गाभिएर बनेको कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । यसले ५९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । यी दुई कम्पनी पुस ६ गते मर्जर भएकोले सूर्यज्योतिको बीमाशुल्क सोही मितिदेखिको मात्र समावेश छ । कम्पनीहरूले चालू आवको पुसमा १२ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ११ लाख ४४ हजार ओटा बीमालेख विक्री भएको प्राधिकरणको भनाइ छ । मङ्सिरको तुलनामा पुसमा कम्पनीहरूको बीमालेख संख्या वृद्धि भए पनि बीमाशुल्क भने घटेको पाइएको छ । मङ्सिरमा जीवन बीमा कम्पनीहरूले १० लाख १ हजार बीमालेख विक्री तथा नवीकरणबाट १३ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले आर्थिक गतिविधि घटेसँगै गिरावट आएको बीमा व्यवसायमा पछिल्लो समय केही सुधार देखिएको बताए । पुसको तथ्यांकको आधारमा आगामी दिनमा बीमा व्यवसाय विस्तार हुने उनले अनुमान गरे । तर, जीवन बीमा कम्पनीको व्यवसाय विस्तार निर्जीवनको तुलनामा कमजोर देखिएको छ । गत आवको पुसको तुलनामा चालू आवको पुसमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ११ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । चालू आवकै मङ्सिरको तुलनामा भने कम्पनीहरूको व्यवसाय ५६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जानकारी दिएको छ ।