बीमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढ्यो

नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढेको छ। नियामक निकाय बीमा समितिका अनुसार यो वर्षको असोज मसान्तसम्ममा निर्जीवन बीमा शुल्क सङ्कलन नौ अर्ब ६९ करोड ३४ लाख रुपियाँ पुुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्जीवन बीमा शुल्क सङ्कलन सात अर्ब ५८ करोड रुपियाँ रहेको थियो। यो वर्षको असोज मसान्तसम्ममा जीवन बीमा शुल्क सङ्कलन ३८ अर्ब १८ करोड छ लाख रुपियाँ पुुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा शुल्क सङ्कलन ३२ अर्ब २८ करोड रुपियाँ रहेको थियो।सञ्चालनमा रहेका १९ ...

सम्बन्धित सामग्री

जीवन बीमा कम्पनीले फागुनमा आर्जन गरे ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरूले फागुन महीनामा कुल रू. ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीले फागुनमा ४ लाख १५ हजार ६७६ ओटा बीमालेख विक्री गरेर कुल रू. ११ अर्ब ६५ लाख बीमा शुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क माघको तुलनामा भने ७ दशमलव ९७ प्रतिशत कम हो । माघमा १४ कम्पनीले कुल रू. १२ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका थिए ।  फागुनमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । एक महीनामा यस कम्पनीले रू. ३ अर्ब ९ करोड बीमा शुल्क आर्जन गरेको हो । यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।  १४ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क राष्ट्रिय बीमा जीवन बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले रू. २४ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको छ ।  बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको आठ महीना अर्थात् फागुन महीनासम्म भने १४ कम्पनीले १ करोड ३७ लाख ८० हजार २ ओटा बीमालेख विक्री गरेर कुल रू. ९८ अर्ब ५६ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

निर्जीवनको बीमा शुल्क ४.५८ प्रतिशतले वृद्धि

१४ वैशाख, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिनामा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा २८ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा करिब ४.५८ प्रतिशतले वृद्धि […]

ईसेवाबाट बीमा शुल्क तिर्दा पोखरेलले जिते एक लाख

भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जितेका छन् । उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए । इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना...

एक महिनामै बीमा कम्पनीले संकलन गरे साढे १९ अर्ब बीमा शुल्क

२२ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा बीमा कम्पनीहरुले १९ अर्ब ५३ करोड २९ लाख १३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा बीमा कम्पनीहरुको बीमा शुल्क २४.१० […]

सगरमाथा इन्स्योरेन्सको तीन अर्ब बीमा शुल्क आम्दानीको लक्ष्य पूरा

काठमाडौं, २९ असार ।  सगरमाथा इन्स्योरेन्स लिमिटेडले बीमा शुल्क आम्दानीमा करिब १५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चालू आर्थिक वर्षको असार २८ गतेसम्ममा कम्पनीको बीमा शुल्क बापतको आम्दानी तीन अर्ब नाघेको छ । तीन अर्ब रुपैयाँ बीमाशुल्क आम्दानीको लक्ष्य पुरा भएकोमा सगरमाथा इन्स्योरेन्सका कर्मचारीले खुशियाली मनाउँदै केक काटेका छन् । इन्स्योरेन्सले गत आर्थिक […]

एशियन लाइफको बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने

एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न अनलाइनमार्फत भुक्तानीको सुविधा ल्याएको कम्पनीले बताएको छ । दुई कम्पनीबीच सहकार्यको सम्झौता भएपछि इन्स्योरेन्सको बीमा शूल्क सहजै तिर्न सकिने बताइएको छ । खल्तीका मर्च्यान्ट टिमकी वरिष्ठ अधिकारी सजनी महर्जनले खल्तीमार्फत इन्स्योरेन्सको शूल्क बुझाउँदा...

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दाआइफोन १२ जित्ने अवसर

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने भएको छ । बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यास ब्याक पाउनेछन् ।  यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने पनि इसेवाले जनाएको छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यो...

ओरिएण्टल इन्स्योरेन्सको बीमा शुल्क अब खल्तीबाटै तिर्न सकिने

अब खल्तीबाटै ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्ती बाट सिधै तिर्न सकिने भएको छ ।  ‍यो सेवासँगै अब ओरिएण्टल इन्स्योरेन्सका ग्राहकले नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सक्ने छन् । खल्तीबाट बिमा शुल्क तिर्न शुरूमा खल्ती एप लगइन गर्नुहोस् र इन्स्योरेन्स आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि ओरिएण्टल लाईफ इन्स्योरेन्स सेलेक्ट...

जीवन बीमा शुल्क २८.७१ प्रतिशतले बढ्यो

नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो । गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रु