जीवन बीमा कम्पनीहरूले ५ महीनामा आर्जन गरे ६१ अर्बभन्दा बढी बीमा शुल्क

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पाँच महीनामा १४ जीवन बीमा कम्पनीहरूले रू. ६१ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार यी कम्पनीले मङ्सिर महीनासम्ममा १ करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमालेख विक्री गरी रू. ६१ अर्ब ७४ करोड ७१ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् । यो रकम गत आवको मङ्सिर महीनासम्मको तुलनामा ३ दशलमव ७५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीहरूले कुल रू. ५९ करोड ५१ लाख बीमा शुल्क आर्जन गरेका थिए ।  चालू आवको पाँच महीनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले मङ्सिर महीनासम्ममा रू. १६ अर्ब ७६ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।  यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । कम्पनीले रू. ७ अर्ब १६ करोड बीमा शुल्क आर्जन गरेको छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले रू. ६ अर्ब ९२ करोड र हिमालयन लाइफ इन्स्योरेन्सले रू. ६ अर्ब ७९ करोड बीमा शुल्क आर्जन गरेका छन् ।  गत वर्षको तुलनामा चालू आवको ५ महीनामा अधिकांश जीवन बीमा कम्पनीले व्यवसाय बढाउन सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीसँगै सन नेपाल लाइफ र एलआइसी नेपालको व्यवसाय भने घटेको छ भने बाँकी सबै कम्पनीको व्यवसाय बढेको छ ।  गत आवको तुलनामा चालू आवमा सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । यस कम्पनीले मङ्सिर मसान्तसम्ममा रू. १ अर्ब ६७ करोड बीमा शुल्क आर्जन गरेको छ । यो रकम गत आवको यसै अवधिको तुलनामा आर्जन गरेको बीमा शुल्कभन्दा १५ दशलमव ९३ प्रतिशत बढी हो ।  यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको बीमा शुल्क १३ दशलमव ३४ प्रतिशत, आइएमई लाइफको ११ दशमलव १८ प्रतिशत र नेशनल लाइफ इन्स्योरेन्सको साढे ९ प्रतिशत वृद्धि भएको छ ।  राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क १८ दशमलव ६३ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५ अर्ब ५६ करोड बीमा शुल्क आर्जन गरेकोमा चालू आवमा घटेर रू. ४ अर्ब ५२ करोडमा झरेको हो । सन नेपाल लाइफको बीमा शुल्क ११ दशलमव १७ प्रतिशत घटेको छ । कुन कम्पनीले कति आर्जन गरे बीमा शुल्क  स्रोत : नेपाल बीमा प्राधिकरण । 

सम्बन्धित सामग्री

आर्थिक मन्दीको प्रभाव जीवन बीमामा, प्रथम बीमाशुल्क २५ प्रतिशतले घट्यो

२६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । १५ वटा जीवन बीमा कम्पनी र २ वटा लघुवित्त कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । २ लाख ५ हजार रुपैयाँ बीमा शुल्क लघुबीमा कम्पनीले […]

जीवन बीमा कम्पनी : व्यवसायमा झीनो सुधार

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको व्यवसायमा झीनो सुधार देखिएको छ । वित्तीय क्षेत्रमा तरलताको अभाव, आर्थिक गतिविधिमा देखिएको कमी र उच्च महँगीलगायतको प्रभाव बीमा कम्पनीहरूको व्यवसायमा देखिएको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आवको पुससम्ममा जीवन बीमा कम्पनीहरूले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो १ दशमलव शून्य ४ प्रतिशतमात्र बढी हो । अघिल्लो आवको पुससम्ममा देशका सबै जीवन बीमा कम्पनीहरूले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । पोहोर पुसमा बीमा कम्पनीहरूमा १ करोड १० लाखओटा बीमालेख सक्रिय रहेकोमा यसपालि पुसमा आइपुग्दा सक्रिय बीमालेखको संख्या १ करोड ४१ लाख पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार पुससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसले १८ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सूर्या र ज्योति लाइफ इन्स्योरेन्स गाभिएर बनेको कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । यसले ५९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । यी दुई कम्पनी पुस ६ गते मर्जर भएकोले सूर्यज्योतिको बीमाशुल्क सोही मितिदेखिको मात्र समावेश छ । कम्पनीहरूले चालू आवको पुसमा १२ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ११ लाख ४४ हजार ओटा बीमालेख विक्री भएको प्राधिकरणको भनाइ छ । मङ्सिरको तुलनामा पुसमा कम्पनीहरूको बीमालेख संख्या वृद्धि भए पनि बीमाशुल्क भने घटेको पाइएको छ । मङ्सिरमा जीवन बीमा कम्पनीहरूले १० लाख १ हजार बीमालेख विक्री तथा नवीकरणबाट १३ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले आर्थिक गतिविधि घटेसँगै गिरावट आएको बीमा व्यवसायमा पछिल्लो समय केही सुधार देखिएको बताए । पुसको तथ्यांकको आधारमा आगामी दिनमा बीमा व्यवसाय विस्तार हुने उनले अनुमान गरे । तर, जीवन बीमा कम्पनीको व्यवसाय विस्तार निर्जीवनको तुलनामा कमजोर देखिएको छ । गत आवको पुसको तुलनामा चालू आवको पुसमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ११ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । चालू आवकै मङ्सिरको तुलनामा भने कम्पनीहरूको व्यवसाय ५६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड–२०२३ सम्पन्न, २४३ जना अभिकर्ता सम्मानित

काठमाडौं, २५ पुष । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज मिति २०७९ साल पौष २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह भव्यता पूर्वक सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्म रू ३७,९२,३०० प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि […]

३५% ले बढ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीले कति गरे बीमाशुल्क संकलन ?

असोज २९, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा जीवन बीमा कम्पनीहरूले २८ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट चालू आवको भदौ महीनासम्मको तथ्यांकले यस्तो देखाएको हो ।  हाल नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उक्त कम्पनीहरुले भदौसम्म उक्त बीमाशुल्क संकलन गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा ३५ दशमलव ४१ प्रतिशतले बढी हो ।  गत आवको भदौसम्म जीवन बीमा कम्पनीहरुले २० अर्ब ७८ कराड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चालू आवको बीमा शुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. ७ अर्ब ६२ करोड बीमाशुल्क संकलन गरेको छ ।  यस्तै, दोस्रो नम्बरमा राष्ट्रिय बीमा संस्थान रहेको छ । उक्त कम्पनीले रु. ४ अर्ब ३४ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले रू. ३ अर्ब ३६ करोड बीमाशुल्क संकलन गरेको छ । कुन कम्पनीको कति बीमाशुल्क संकलन ?

जीवन बीमा शुल्क २८.७१ प्रतिशतले बढ्यो

नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो । गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रु

११ महीनामा १ खर्ब जीवन बीमाशुल्क संकलन

विराटनगर, असार १७। चालू आर्थिक वर्षको ११ महीना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले जेठ मसान्तसम्म त्यस बराबरको बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको हो । यसअघि १९ कम्पनीहरूले वार्षिक रूपमा १ खर्ब […]