जीवन बीमा कम्पनीहरूको बीमा शुल्क औसत ७.१५ % ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

चैत २२, काठमाडौं । जीवन बीमा कम्पनीहरूले माघको तुलनामा फागुनमा कुल बीमा शुल्क आर्जन औसत ७ दशलमव १५ प्रतिशतले वृद्धि गरेका छन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को माघको तुलनामा फागुनमा १९ जीवन बीमा कम्पनीले कुल बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएका हुन् ।  बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार माघको तुलनामा फागुनमा कम्पनीले बीमा पोलिसी विक्रीबाट प्राप्त हुने शुल्कमा वृद्धि भएको हो । फागुनमा मात्रै १९ ओटा जीवन बीमा कम्पनीले कुल रू. १० अर्ब ९० करोड बीमा शुल्क आर्जन गरेका छन् । यो बीमाशुल्क माघको तुलनामा  ४ दशमलव ९४ प्रतिशतले वृद्धि भएको हो । माघमा मात्र यी जीवन बीमा कम्पनीहरूले कुल रू. १० अर्ब ३८ करोड बीमा शुल्क आर्जन गरेका थिए ।  सार्वजनिक तथ्यांक अनुसार १९ ओटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफले रू. २ अर्ब ८४ करोड बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क माघको तुलनामा ५ प्रतिशतले वृद्धि भएको हो । माघमा कम्पनीले कुल रू. २ अर्ब ६९ करोड बीमा शुल्क आर्जन गरेको थियो ।  प्रतिशतका आधारमा माघको तुलनामा फागुनमा सबैभन्दा बढी रिलायबल नेपाल लाइफको बीमा शुल्क ४० दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले माघमा रू. २५ करोड ५७ लाख कुल बीमा शुल्क आर्जन गरेकोमा फागुनमा बढेर रू. ३६ करोड ४ लाख पुगेको हो । त्यसैगरी दोस्रोमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क ४० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले माघमा रू. २६ करोड ५ लाख बीमा शुल्क आर्जन गरेकोमा फागुनमा बढेर रू. ३७ करोड २२ लाख पुगेको हो ।  फागुनमा १९ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रू. ११ करोड ३६ लाख बीमा शुल्क आर्जन गरेको छ । नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने अग्रस्थानमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले फागुनमा मात्रै कुल रू. ७५ करोड ९१ लाख बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क माघको तुलनामा ८ दशमलव ७४ प्रतिशतले वृद्धि भएको हो । माघमा कम्पनीले रू. ६९ करोड ८१ लाख बीमा शुल्क आर्जन गरेको थियो ।   

सम्बन्धित सामग्री

जीवन बीमा कम्पनी : व्यवसायमा झीनो सुधार

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको व्यवसायमा झीनो सुधार देखिएको छ । वित्तीय क्षेत्रमा तरलताको अभाव, आर्थिक गतिविधिमा देखिएको कमी र उच्च महँगीलगायतको प्रभाव बीमा कम्पनीहरूको व्यवसायमा देखिएको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आवको पुससम्ममा जीवन बीमा कम्पनीहरूले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो १ दशमलव शून्य ४ प्रतिशतमात्र बढी हो । अघिल्लो आवको पुससम्ममा देशका सबै जीवन बीमा कम्पनीहरूले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । पोहोर पुसमा बीमा कम्पनीहरूमा १ करोड १० लाखओटा बीमालेख सक्रिय रहेकोमा यसपालि पुसमा आइपुग्दा सक्रिय बीमालेखको संख्या १ करोड ४१ लाख पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार पुससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसले १८ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सूर्या र ज्योति लाइफ इन्स्योरेन्स गाभिएर बनेको कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । यसले ५९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । यी दुई कम्पनी पुस ६ गते मर्जर भएकोले सूर्यज्योतिको बीमाशुल्क सोही मितिदेखिको मात्र समावेश छ । कम्पनीहरूले चालू आवको पुसमा १२ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ११ लाख ४४ हजार ओटा बीमालेख विक्री भएको प्राधिकरणको भनाइ छ । मङ्सिरको तुलनामा पुसमा कम्पनीहरूको बीमालेख संख्या वृद्धि भए पनि बीमाशुल्क भने घटेको पाइएको छ । मङ्सिरमा जीवन बीमा कम्पनीहरूले १० लाख १ हजार बीमालेख विक्री तथा नवीकरणबाट १३ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले आर्थिक गतिविधि घटेसँगै गिरावट आएको बीमा व्यवसायमा पछिल्लो समय केही सुधार देखिएको बताए । पुसको तथ्यांकको आधारमा आगामी दिनमा बीमा व्यवसाय विस्तार हुने उनले अनुमान गरे । तर, जीवन बीमा कम्पनीको व्यवसाय विस्तार निर्जीवनको तुलनामा कमजोर देखिएको छ । गत आवको पुसको तुलनामा चालू आवको पुसमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ११ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । चालू आवकै मङ्सिरको तुलनामा भने कम्पनीहरूको व्यवसाय ५६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड–२०२३ सम्पन्न, २४३ जना अभिकर्ता सम्मानित

काठमाडौं, २५ पुष । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज मिति २०७९ साल पौष २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह भव्यता पूर्वक सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्म रू ३७,९२,३०० प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि […]

३५% ले बढ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीले कति गरे बीमाशुल्क संकलन ?

असोज २९, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा जीवन बीमा कम्पनीहरूले २८ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट चालू आवको भदौ महीनासम्मको तथ्यांकले यस्तो देखाएको हो ।  हाल नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उक्त कम्पनीहरुले भदौसम्म उक्त बीमाशुल्क संकलन गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा ३५ दशमलव ४१ प्रतिशतले बढी हो ।  गत आवको भदौसम्म जीवन बीमा कम्पनीहरुले २० अर्ब ७८ कराड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चालू आवको बीमा शुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. ७ अर्ब ६२ करोड बीमाशुल्क संकलन गरेको छ ।  यस्तै, दोस्रो नम्बरमा राष्ट्रिय बीमा संस्थान रहेको छ । उक्त कम्पनीले रु. ४ अर्ब ३४ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले रू. ३ अर्ब ३६ करोड बीमाशुल्क संकलन गरेको छ । कुन कम्पनीको कति बीमाशुल्क संकलन ?