राजमार्गभन्दा भित्री सडकमा सवारी दुर्घटनाको जोखिम

चितवन । जिल्लाका भित्री सडकमा सवारी दुर्घटनाको जोखिम बढी हुने गरेको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्ने हो भने मुख्य राजमार्गभन्दा भित्री सडक बढी जोखिम हुने गरेको पाइन्छ । चालु आर्थिक वर्ष २०७८/७९ को मङ्सिरसम्म सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको छ । २५ जनाको भित्री सडकमा भएको सवारी दुर्घटनामा ज्यान गएको हो । […]

सम्बन्धित सामग्री

छाडा पशुचौपायाले दुर्घटनाको जोखिम

इनरुवा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन् । मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा पशु चौपाया […]

छाडा पशुचौपायाले तुलसीपुरमा दुर्घटनाको जोखिम

तुलसीपुर : तुल्सीराम सुनारले तुलसीपुर बजारमा व्यवसाय गर्दै आएका छन्। उनी मोटरसाइकलमा साँझबिहान घर आउने जाने गर्छन्।उनलाई तुलसीपुर बजारमा रहेका छाडा पशुचौपायाका कारण कति वेला दुर्घटना हुन्छ भन्ने मनमा सधैँ डर हुन्छ।हिजोआज तुलसीपुर बजारमा छाडा पशु चौपाया धेरै रहेका छन्। बजारको मुख्य चोक वीरेन्द्र चोक, घोराही रोड, शीतलपुर रोड, बसपार्क लगायत क्षेत्रमा पशुचौपाया सडकमा बसेका भेटिन्छ। यसले गर्दा सुनारलाई साँघुरा सडक र पशुचौपाया पनि बीच सडकमा हुनु, यातायातको पनि उत्तिकै चापले गर्दा दुर्घटना हुने डर हुन्

दुर्घटना रोक्न झापा गाउँपालिकाका सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध

झापा - दुर्घटनाको जोखिम बढेकाे भन्दै झापा गाउँपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा मकै, धान, गहुँ लगायतका अन्न सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो ।  पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकमा जथाभाबी बिस्कुन नसुकाउन आग्रह गर्नुभएको हो । सूचनामा भनिएको छ, 'कृषिजन्य उपजका बिस्कुन सुकाइएका कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध...

निर्माण कम्पनीको लापरबाहीले सडक यात्रीलाई सास्ती

गरुडा–समनपुर सडक निर्माणको जिम्मा पाएको सगुन कन्ट्रक्सनको चरम लापरबाहीका कारण जिल्लाको समनपुर – गरुडा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्दै गएको छ...

धनगढीको ६ लेन सडकमा २०० मिटरको दूरीमा पैदल मार्ग, दुर्घटनाको जोखिम

२७ चैत, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको मोहनापुल अत्तरिया ६ लेन सडकमा छोटो दूरीमा बाटो काट्नका लागि पैदल मार्ग राखिएपछि दुर्घटनाको जोखिम बढेको छ । कैलाली भन्सारदेखि गेटासम्म प्रत्येक दुई सय मिटरको दुरीमा पैदल मार्ग राखिएपछि दुर्घटनाको जोखिम बढेको हो । ६ लेन सडकखण्डमा तीव्र गतिमा सवारीसाधन गुड्न भएका कारणले दुई सय मिटरको […]

सडकमै धान राख्दा दुर्घटनाको जोखिम

रौतहट : रौतहटको जिल्लाको विभिन्न ठाउँमा यति वेला धान भित्र्याउने चटारो छ। धान ल्याएर किसानले घरअगाडि सडकमा राखेका कारण सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ रहेको छ।जिल्लाका मुख्य मुख्य सडकमा भन्दा जिल्लाका ग्रामीण भेगका सडकमा यति वेला धान थुपारेका कारण सवारी दुर्घटनाको जोखिम बढेको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का बासिन्दा गणेश तिमलसिनाले बताए।चन्द्रपुर नगरपालिकाका गाउँका सडकमा अहिले धान थ्रेसर लगाउने, बाटोमै धान र पराल थुपार्ने गरेका कारण मोटरसाइकलमा आवतजावत गर्नेका लागि

ग्रामीण सडकमा दुर्घटनाको जोखिम बढ्दो

यो वर्षको बर्खा सकिएसँगै ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका कच्ची सडकमा दुर्घटनाको जोखिम बढेको छ। ग्रामीण सडकमा सञ्चालनमा रहेका यातायातका साधनले सामानसँगै क्षमताभन्दा बढी यात्रु बोक्नाले दुर्घटनाको जोखिम बढेको हो। सुनकोसी गाउँपालिका–७, मझुवा निवासी गणेश भण्डारीले बर्सातको मौसममा पानीले खोलेर अधिकांश ग्रामीण सडक बिग्रेकाले दुर्घटना जोखिम बढेको बताउनुभयो। तिनै बिग्रेका ग्रामीण सडकमा चल्ने यातायातका साधनले क्षमताभन्दा बढी मानिस बोक्दा दुर्घटना जोखिम झन् बढेको धारणा उहाँको छ।

मध्यपहाडी सडक ‘पार्किङ स्थल’ बन्दा बढ्यो दुर्घटनाको जोखिम

पर्वत : सडकमा सहज यातायात र दुर्घटनाको जोखिम न्यून बनाउन मध्यपहाडी लोकमार्गमा दोहोरो लेन छुट्ट्याइएको छ। त्यसमा पनि सवारीहरू सहजै आवतजावतका लागि बजार क्षेत्रमा ४ देखि ६ लेनसम्म पनि बनाइएको छ।तर मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा बजारमा भने लेनसहित लोकमार्ग बन्दा झनै सास्ती र दुर्घटनाको जोखिम बढेको छ। लोकमार्गको कुश्मा नगरपालिका–४ जिरो किलोमिटरदेखि कुश्मा नगरपालिका–६ खरेहासम्म कुश्माको बजार क्षेत्र हो। झन्डै डेढ किलोमिटरको उक्त खण्डमा दुर्घटना र जाम घटाउन

६ लेन सडकमा ‘मेडियन’ भत्काएर जथाभावी क्रसिङ !

धनगढी : कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा जथाभावी क्रसिङ बनाइएको भेटिएको छ। ६ लेन सडकमा मेडियन ब्रेक भत्काएर क्रसिङ बनाउँदा दुर्घटनाको जोखिम बढेको छ।लेन अनुशासनका लागि सडकको बीचमा निर्माण गरिएको मेडियन व्यापारीको दबाबमा योजना कार्यालयले भत्काएको हो। सडकको मेडियन ब्रेक नै भत्काएर क्रसिङ बनाइएपछि दुर्घटनाको जोखिम बढेको ट्राफिक अधिकारीहरू बताउँछन्।भत्काइएका क्रसिङबाट साना–ठूला सवारी मनलाग्दी वारपार गर्दा दुर्घटनाको जोखिम रहेको धनगढीका स्थानीय रमेश रानाले गुनासो गरे। राना भन्छन्, &l

कच्ची सडकमा अट्टो सञ्चालनले दुर्घटनाको जोखिम बढ्यो

हिमाली जिल्ला ताप्लेजुङमा कच्ची सडकमा अट्टो रिक्सा सञ्चालनले दुर्घटनाको जोखिम बढेको छ । कच्ची सडकहरुमा जताभावी तीनपाङ्ग्रे अट्टो रिक्सा चलाउन थालिएकाले सडक दुर्घटनाको जोखिम बढेको हो ।