कच्ची सडकमा अट्टो सञ्चालनले दुर्घटनाको जोखिम बढ्यो

हिमाली जिल्ला ताप्लेजुङमा कच्ची सडकमा अट्टो रिक्सा सञ्चालनले दुर्घटनाको जोखिम बढेको छ । कच्ची सडकहरुमा जताभावी तीनपाङ्ग्रे अट्टो रिक्सा चलाउन थालिएकाले सडक दुर्घटनाको जोखिम बढेको हो ।