छाडा पशुचौपायाले तुलसीपुरमा दुर्घटनाको जोखिम

तुलसीपुर : तुल्सीराम सुनारले तुलसीपुर बजारमा व्यवसाय गर्दै आएका छन्। उनी मोटरसाइकलमा साँझबिहान घर आउने जाने गर्छन्।उनलाई तुलसीपुर बजारमा रहेका छाडा पशुचौपायाका कारण कति वेला दुर्घटना हुन्छ भन्ने मनमा सधैँ डर हुन्छ।हिजोआज तुलसीपुर बजारमा छाडा पशु चौपाया धेरै रहेका छन्। बजारको मुख्य चोक वीरेन्द्र चोक, घोराही रोड, शीतलपुर रोड, बसपार्क लगायत क्षेत्रमा पशुचौपाया सडकमा बसेका भेटिन्छ। यसले गर्दा सुनारलाई साँघुरा सडक र पशुचौपाया पनि बीच सडकमा हुनु, यातायातको पनि उत्तिकै चापले गर्दा दुर्घटना हुने डर हुन्