दुर्घटना रोक्न झापा गाउँपालिकाका सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध

झापा - दुर्घटनाको जोखिम बढेकाे भन्दै झापा गाउँपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा मकै, धान, गहुँ लगायतका अन्न सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो ।  पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकमा जथाभाबी बिस्कुन नसुकाउन आग्रह गर्नुभएको हो । सूचनामा भनिएको छ, 'कृषिजन्य उपजका बिस्कुन सुकाइएका कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध...