६ लेन सडकमा ‘मेडियन’ भत्काएर जथाभावी क्रसिङ !

धनगढी : कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा जथाभावी क्रसिङ बनाइएको भेटिएको छ। ६ लेन सडकमा मेडियन ब्रेक भत्काएर क्रसिङ बनाउँदा दुर्घटनाको जोखिम बढेको छ।लेन अनुशासनका लागि सडकको बीचमा निर्माण गरिएको मेडियन व्यापारीको दबाबमा योजना कार्यालयले भत्काएको हो। सडकको मेडियन ब्रेक नै भत्काएर क्रसिङ बनाइएपछि दुर्घटनाको जोखिम बढेको ट्राफिक अधिकारीहरू बताउँछन्।भत्काइएका क्रसिङबाट साना–ठूला सवारी मनलाग्दी वारपार गर्दा दुर्घटनाको जोखिम रहेको धनगढीका स्थानीय रमेश रानाले गुनासो गरे। राना भन्छन्, &l