निर्माण कम्पनीको लापरबाहीले सडक यात्रीलाई सास्ती

गरुडा–समनपुर सडक निर्माणको जिम्मा पाएको सगुन कन्ट्रक्सनको चरम लापरबाहीका कारण जिल्लाको समनपुर – गरुडा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्दै गएको छ...

सम्बन्धित सामग्री

जाम पारेर राजमार्ग निर्माण, यात्रुलाई सास्ती

कालिकोट । निर्माण कम्पनीको लापरबाहीका कारण कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । कर्णाली राजमार्गका एसमोड लगायतका सडक खण्डमा निर्माण कम्पनीले बाटो नै बन्द गरी २ देखि ३ घण्टा समय लगाएर काम गर्दा कालिकोट, हुम्ला, बाजुरा, जुम्ला र मुगुलगायतका जिल्लामा पुग्ने यात्रुहरू घण्टौसम्म जाममा पर्दा सास्ती खेप्नु परेको गुनासो गरेका छन् । […] The post जाम पारेर राजमार्ग निर्माण, यात्रुलाई सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोशः काम तपाईं बिगार्ने, गाली हामीले खाने ?

सडक आयोजना वा निर्माण कम्पनीको कमजोरीले काम बिग्रिने तार जनताले सास्ती पाएको भन्दै तत्काल काम अघि बढाउन आग्रह गरे।

एक वर्षदेखि मर्मतको पर्खाइमा बौद्ध स्तुप क्षेत्रको सडक

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको सास्ती भोग्न बाध्य छन् । काठमाडौं महानगरपालिकाको ठेक्कामार्फत उक्त सडक कालेपत्र गरिए पनि तीन महिनामै भत्किएको थियो । कालोपत्र भत्किएपछि मर्मतको जिम्मा निर्माण कम्पनीको भए पनि हालसम्म […]

सडक स्तरोन्नतिमा सांसद शाहीको कम्पनीको चरम लापर्वाही, सास्ती व्यहोर्दै नागरिक

सांसद शाहीको निर्माण कम्पनीले तदारुकता नदेखाउँदा स्तरोन्नतिको काम अलपत्र परेको स्थानीयको आरोप छ ।

अलपत्र चारलेन सडक निर्माण शुरू

राँझा । बाँकेको खजुरा बजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण शुरू भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधवारदेखि काम शुरू गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिए । सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती बेहोर्नुपरेको छ । समयमै सडक नबन्दा जनताले दुःख पाइरहेको अवस्थालाई ध्यान दिँदै सडक निर्माणका लागि पहल गरिएको अध्यक्ष विकले बताए । २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चार लेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण सम्पन्न हुन सकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी २२ करोड रुपैयाँ लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । २०७८ चैत ३० मा पहिलोपटक म्याद गरिएको थियो, जसमा २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए । उनका अनुसार, निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । २०७४ सालमा काम शुरू भएयता निर्माण कम्पनीले करीब १८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपिरहेको छ । रासस

दुई वर्षदेखि सडक निर्माण अवरुद्ध

कपिलवस्तु नगरपालिका–६, निगालीकोट–थुम्हवा निर्माणाधीन सडक तथा नालाको काम दुई वर्षदेखि अलपत्र परेपछि स्थानीयवासीले आवतजावतमा सास्ती खेप्नुपरेको छ। झन्डै चार वर्ष पहिला खाडल खनेर सुरु गरिएको सडक निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको स्थानीय बताउँछन्। ठेकेदार कम्पनीले ठेक्का सम्झौतापछि थोरै काम गरेर अलपत्र पारेको हो। सडक सम्याउन र नाली बनाउन खाल्डो खनेको तीन वर्ष हुन लाग्दा पनि थप निर्माण कार्य सुरु हुने अवस्था छैन। खनिएको गहिरो खाल्डोमा बालबच्चा डुब्ने डर त्यत्तिकै छ, स्थानीय विष्णु कलवारले भन्नुभयो– सडक बनाउने भनेर घरको छत भत्काइदिए, अहिले अलपत्र पा-यो।

‘बुटवलको सडक विस्तार भदौभित्र सम्पन्न नभए ठेकेदारलाई कारबाही’

बुटवलको चौराहादेखि गोलपार्कसम्मको तीन किलोमिटर सडक विस्तारमा ढिलाई हुँदा यात्रुले सास्ती पाउँदै आएका छन् । दैनिक हजारौं सवारी साधन गुड्ने यो सडक समयमा विस्तार नहुँदा वर्षामा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको छ ।निर्माण कम्पनीको लापरवाही, राजनीतिक खिचातानी, सडक डिभिजनको कमजोर निगरानी, परियोजनाको अपरिपक्व योजना, खानेपानी संस्थान, विद्युत प्राधिकरण, टेलिकम, स्थानीय घरधनी, विरोध गर्ने संघ–संस्था लगायतका कारण सडक विस्तारमा ढिला भएको सरोकारवाला बताउँछन् ।सडक डिभिजन कार्यालय बुटवलको बेलहिया

काठमाडौंको फोहोर पुनः रोक्ने चेतावनी

काठमाडौं, वैशाख १० । सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ । सम्बन्धित निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण कुल १७.०१ किलोमिटरको सो सडकखण्ड नबन्दा स्थानीयवासीले आठ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यति मात्र […]

ठेकेदारको लापरबाहीले सधैँको सास्ती

भक्तपुरस्थित भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माणको जिम्मा पाएका कम्पनीको चरम लापरबाहीले छ करोड रुपियाँभन्दा बढी लागत बढेको छ । त्यति मात्र होइन नगरकोटबाट घुम्न जाने पर्यटकले उबडखाबड र खाल्डाखुल्डीमा यात्रा गर्दा सास्ती भोग्नु परिरहेको छ । भक्तपुर–नगरकोट– सिपाघाट–बल्खु– दक्षिणकाली सडक योजनाका प्रमुख गौतम श्रेष्ठले निर्माण कम्पनीको चरम लापरबाहीका कारण पटक पटक म्याद थपिँदा पनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको बताउनुभयो ।

परासी–नारायणचोक हुलाकी सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा पनि सडक अधुरै

फागुन १३, परासी । निर्माण कम्पनीको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको सर्वसाधारणको गुनासो छ ।  नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासी–नारायणचोक हुलाकी सडक निर्माणमा ढिलासुस्ती हुँदा धुलो र खाल्डाखुल्डीले सर्वसाधारण आजित बनेका छन् । सडक निर्माणमा निर्माण कम्पनीको चरम लापरवाही देखिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद राय बताउँछन् ।  जनगुनासो धेरै आएपछि स्थलगत अनुगमनमा पुगेका प्रमुख रायले भने, ‘सडकमा गरिएको कालोपत्रको विषयमा धेरै गुनासो आएको छ, गुणस्तरीय नभएकाले यसको टिकाउमा प्रश्न उब्जेको छ, निर्माण पनि धेरै सुस्त देखियो, धुलो उडिरहेको छ, पानी हालिएको छैन ।’ तेस्रोपटक थपिएको म्यादसमेत गुज्रन लाग्दा हुलाकी सडक अधुरै छ । आगामी चैत मसान्तभित्र म्याद सकिँदैछ । निर्माणकार्य धेरै बाँकी रहेकाले तोकिएको समयमा सम्पन्न हुनेमा स्थानीयवासी विश्वस्त छैनन् । कञ्चनजङ्गा–बिरुवा शिवशक्ति जेभी कन्स्ट्रक्शनले निर्माणको जिम्मा पाएको उक्त सडक १३ किलोमिटर दूरीको छ ।  विसं २०७३ मा ठेक्का भई निर्माण शुरु भएको यो सडक दुई वर्षभित्र सम्पन्न भइसक्नुपर्ने थियो । तर निर्माण कम्पनीले नदीजन्य पदार्थको अभाव, कोरोना महामारीलगायतका कारण देखाउँदै ढिलासुस्ती गर्दै आएको छ ।  सुरुमा सडक डिभिजन कार्यालय बुटवलअन्तर्गत ठेक्का भए पनि पछिल्लो दुई वर्षदेखि यो सडक हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुलाई हस्तान्तरण भएपछि मात्र कामले तीव्रता पाएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रञ्जनकुमार ठाकुर बताउँछन् ।  सुरुमा सडक डिभिजनसँग समन्वय अभावले काम गर्न नसकिएको, कोरोना महामारी र चिसो मौसम तथा पानी परेका बेला कालोपत्र गर्न नमिल्ने भएकाले पनि केही ढिला भएको उनको भनाइ छ ।  ‘कोरोना महामारीका कारण काम अघि बढाउन सकिएन तर अहिले ९० प्रतिशत काम सकिएको छ, अब ६०० मिटर कालोपत्र, फुटपाथ, ब्लक बिछ्याउने र इनामेल पेन्ट गर्ने काम मात्र बाँकी छ, कच्चा पदार्थ अभाव छ, हामी तोकिएकै समयमा निर्माण सम्पन्न गर्न लागिपरेका छौँ’, उनले भने ।  सडकखण्डअन्तर्गत पर्ने कल्भर्ट र पुल छेउछाउ १०० मिटरभन्दा बढी कालोपत्र नगरी छाड्दा त्यहाँ रहेका ठूलाठूला खाल्डाखुल्डीले दुर्घटना हुने गरेको यात्रुको गुनासो छ । कालोपत्र सकिन नपाउँदै ठाउँठाउँमा भत्किएको छ । पक्की नगरी छाडिएको खण्डमा पानी नहाल्दा धुलोले यात्रु र स्थानीयवासीले सास्ती पाउँदै आएका छन् ।  सडकका दायाँबायाँ पेटी व्यवस्थित गरिएको छैन । सहरी क्षेत्रमा नाला निर्माण गरिए पनि निकास र ढक्कन राखिएको छैन । तीन किलोमिटर फुटपाथ निर्माण हुनै बाँकी छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सडक निर्माणमा ढिलासुस्तीसँगै गुणस्तर नभएको गुनासो आएकाले गुणस्तर भए÷नभएको हेर्ने काम भइरहेको बताए ।  बाटो निर्माण हुँदै गर्दा भत्किनु सामान्य विषय नभएकाले यस विषयमा निर्माण कम्पनीसँग बुझ्ने र गुणस्तरहीन भएमा कारबाहीका लागि निर्देशन दिने उनले बताए ।  स्थलगत अनुगमन गरी सडक निर्माणमा देखिएका कमीकमजोरी सुधार गर्न निर्माण कम्पनीलाई निर्देशन गरिएको प्रजिअ मिश्रले बताए ।  हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका योजना प्रमुख विष्णुबाबु पाण्डेले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न र गुणस्तरीय बनाउन निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । यो सडकको ठेक्का पुरानो रहेको र चिपसिल प्रविधिबाट बनिरहेकाले अस्फाल्ट प्रविधिको जस्तो चिल्लो कालोपत्र नहुने भन्दै उनले भने, ‘यो गुणस्तरहीन होइन, प्रविधि नै यस्तो हो, सवारीसाधन कम गुड्ने सडकमा यो प्रविधिबाट कालोपत्र गरिन्छ ।’  ११ मिटर चौडाइ रहेको र साढे सात मिटरमा कालोपत्र गरिएको योजना प्रमुख पाण्डेले जानकारी दिए । हुलाकी राजमार्ग योजना कार्यालयको निगरानी र अनुगमन नहुँदा सडक निर्माणमा निर्माण कम्पनीले लापरवाही गरेको स्थानीयवासीको गुनासो छ । रासस