कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादव

काठमाडौं :  नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादवलाई चयन गरेको छ।बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले  यादवलाई समिति संयोजकको जिम्मेवारी दिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। समितिको संयोजकबाट राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त पदमा यादवलाई नियुक्त गरिएको बताए। बैठकमा पार्टीको आगामी महाधिवेशन तयारीबारे छलफल हुने भनिए पनि नभएको महतले बताए। कांग्रेसको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका

सम्बन्धित सामग्री

कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको हो । अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुनुहुन्छ । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गर्नुभएको थियो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको अध्यक्ष …

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादब विजयी

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी भएकी छन् । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका  अनुसार शुक्रबार प्रदेश–२ केन्द्रीय सदस्य (महिला) १ पदका लागि मतगणना भएको थियो।   मतपरिणाम अनुसार...

महाधिवेशनबारे छलफल गर्न काँग्रेसको निर्वाचन समितिको बैठक सुरू

काठमाडौँ । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समितिले बताएको छ । कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि निर्वाचन समिति छलफलमा जुटेको हो । महाधिवेशन कार्यतालिका अनुसार कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन हुनुपर्नेमा हो ।

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको निर्वाचन समितिको बैठक

८ कात्तिक, काठमाडौं । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ । सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’ कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि […]

अधिवक्ता रावल कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा चयन

काठमाडौं, साउन ३ । अधिवक्ता तेजबहादुर रावल नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य बन्नुभएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले रावललाई समिति सदस्यमा मनोनयन गर्नुभएको हो । देउवाले आइतबार एक विज्ञप्ती जारी गर्दै रावललाई रिक्त रहेको निर्वाचन समिति सदस्यमा दलको विधान को धारा २५ को उपधारा ९ मनोनयन गरिएको जानकारी दिनुभयो […]

महाधिवेशनका लागि राप्रपाले गठन गर्‍याे केन्द्रीय निर्वाचन समिति

१८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ । आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि हरिबहादुर बस्नेतको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको राप्रपाले जनाएको छ । समितिको सहअध्यक्षमा तोरणबहादुर गुरुङ, सचिवमा गीताभक्त जोशी तथा सहसचिवमा झनक प्याकुरेल रहेका छन् । […]

राप्रपाको केन्द्रीय निर्वाचन समिति गठन

काठमाडौं : राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षत्रय द्वारा आसन्न केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको छ। नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको हो। समितिमा सह संयोजक तोरण बहादुर गुरुङ, सचिव प्रा.डा. गीताभक्त जोशी, सह.सचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी, पुष्कर अधिकारी रहेका छन्।