नेकपा एमालेको दशौं महाधिवेशनको तेस्रो दिन अर्थात् आइतबार नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण दिन हो । बिहान ८ बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि केन्द्रीय निर्वाचन समिति भने अध्यक्षमण्डलको निर्देशन कुरेर बसिरहेको छ ।शनिबार बन्दसत्रमा सहमतिबाटै नेतृत्व चयन गर्ने प्रस्ताव भएअनुसार केपी शर्मा ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्य सम्बन्धी प्रस्ताव पेस गर्न जिम्मेवारी दिइएको छ । यद्यपि, त्यस्तो प्रस्ताव अहिलेसम्म प्राप्त नभएको र निर्वाचन नै गराउने कि नगराउने भन्नेबारे पनि प्रस्ट निर्देशन नआ