कांग्रेस निर्वाचन समितिको संयोजकमा खाती

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा अधिवक्ता खम्मबहादुर खाती नियुक्त हुनुभएको छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार खातीलाई निर्वाचन समितिको संयोजकमा नियुक्त गर्नुभएको हो । अधिवक्ता खाती पूर्वमहान्यायधीवक्तासमेत हुनुहुन्छ । खाती यसअघि कांग्रेस निर्वाचन समितिको सदस्य भएर काम गर्नुभएको थियो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाल बार एशोसिएसनको अध्यक्ष …