९ महीनामा नेको इन्सुरेन्सद्वारा रू.२ अर्ब २४ करोडभन्दा बढी बीमाशुल्क आर्जन

वैशाख २९, काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ९ महीना अर्थात् तेस्रो त्रैमाससम्ममा कुल रू. २ अर्ब २४ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा १३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा रू.१ अर्ब ९७ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यसैगरी कम्पनीको नाफा भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा २ दशलमव ३५ प्रतिशतले घटेको छ । गत आवमा रू. ३५ करोड ९ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा रू.३४ करोड २६ लाखमा सीमित भएको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५२ करोड रहेको छ । त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ६२ करोड २२ लाख सञ्चित गरेको छ । त्यसैगरी सो अवधिमा कम्पनीको बीमा कोषमा रू.१ अर्ब २७ करोड जम्मा भएको छ । बीमा कोष गत आवको तुलनामा २६ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीको बीमा कोषमा रू. १ अर्ब ७१ लाख थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू.३० दशमलव शून्य २(वार्षिक), मूल्य आम्दानी अनुपात रू. २९ दशमलव ७८ गुणा र प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव शून्य ५ रहेको छ ।

सम्बन्धित सामग्री

पाँच महीनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १५ अर्ब ७२ करोडभन्दा बढी बीमाशुल्क

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पाँच महीनामा निर्जीवन बीमा कम्पनीहरूले कुल रू. १५ अर्ब ७२ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मङ्सिरसम्म १४ ओटा निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ६१ हजार २५९ ओटा बीमालेख विक्री गरेर उक्त रकमको बीमाशुल्क आर्जन गरेका हुन् । तीमध्ये सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । मङ्सिर महीनासम्ममा यस कम्पनीले १ लाख २२ हजार ६९३ ओटा बीमालेख विक्री गरेर रू. १ अर्ब ९९ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ ।  बीमाशुल्क सर्वाधिक आर्जन गर्नेको सूचीमा दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । कम्पनीले १ लाख २८ हजार ३८९ ओटा बीमालेख विक्री गरेर रू. १ अर्ब ६५ करोड बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले १ लाख २२ हजार ६७८ ओटा बीमालेख जारी गरेर रू. १ अर्ब ५७ करोड बीमाशुल्क आर्जन गरेको हो ।  यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्सुरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले एक अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । सानिमा जिआईसी, प्रभु इन्स्योरेन्स, दि ओरियण्टल, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले भने अर्बभन्दा कम बीमाशुल्क आर्जन गरेका छन् । नेशनल इन्स्योरेन्सले भने सबैभन्दा कम बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले १४ हजार ९२३ ओटा बीमालेख जारी गरेर रू. ५१ करोड १९ लाख बीमाशुल्क आर्जन गरेको हो ।  कुनको कति ? स्रोत : नेपाल बीमा प्राधिकरण ।

आर्थिक मन्दीको प्रभाव जीवन बीमामा, प्रथम बीमाशुल्क २५ प्रतिशतले घट्यो

२६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । १५ वटा जीवन बीमा कम्पनी र २ वटा लघुवित्त कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । २ लाख ५ हजार रुपैयाँ बीमा शुल्क लघुबीमा कम्पनीले […]

१९ जीवन बीमा कम्पनीले गरे १ खर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन

जेठ १८, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को वैशाख मसान्तसम्म १९ जीवन बीमा कम्पनीले कुल १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म यी बीमा कम्पनीहरूबाट उक्त कुल बीमाशुल्क आर्जन भएको हो । उक्त अवधिमा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले चालू आवको वैशाख मसान्तसम्म २८ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रोमा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) रहेको छ । यो कम्पनीले १३ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  त्यसैगरी वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीहरूमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले वैशाख मसान्तसम्म १ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  वैशाख महीनामा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन नेपला लाइफ इन्स्योरेन्सले नै गरेको छ । यो कम्पनीले वैशाख महीनामा मात्र १ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले पनि वैशाख महीनामा १ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरूले वैशाख महीनामा मात्र ७ खर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

कात्तिक महीनामा मात्र जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १० अर्बभन्दा बढी

मंसिर १८, काठमाडौं । कात्तिक महीनामा मात्र १९ ओटा जीवन बीमा कम्पनीहरुले रू. १० अर्ब १९ करोड ८२ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् ।  बीमा समितिले दिएको तथ्यांक अनुसार यी कम्पनीहरुले प्रथम बीमाशुल्क, नविकरण बीमाशुल्क र वैदेशिक रोजगार बीमाशुल्क बापत उक्त रकम संकलन गरेका हुन् । १९ ओटा जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ र नेपाल लाइफले मात्र कुल बीमाशुल्कमा प्रथम बीमाशुल्क, नविकरण बीमाशुल्क बाहेक वैदेशिक रोजगार शीर्षकबाट पनि बीमाशुल्क आर्जन गरेका हुन् ।  कुल बीमाशुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा रहेको छ । कात्तिक महीनामा मात्र नेपाल लाइफले रू. २ अर्ब ६४ करोड ४३ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो ।  नेपाल लाइफले प्रथम बीमाशुल्क रू. ६२ करोड ४३ लाख, नविकरण बीमाशुल्क रू. २ अर्ब १ करोड ९४ लाख र वैदेशिक रोजगार बीमा शुल्कवापत रू. ४ लाखभन्दा बढी रकम संकलन गरेको हो । नेपाल लाईफ इन्स्योरेन्स पछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले सर्वाधिक दोस्रो नम्बरमा कुल बीमाशुल्क आर्जन गरेको छ ।  लाइफ इन्स्योरेन्स कर्पोरेशनले कात्तिक महीनामा मात्र रू. १ अर्ब ३३ करोड ६५ लाख कुल बीमा शुल्क आर्जन गरेको हो । यस कम्पनीले प्रथम बीमाशुल्क वापत रू. २३ करोड ८ लाख र नविकरण बीमाशुल्क वापत रू. १ अर्ब १० करोड ५७ लाखभन्दा बढी रकम संकलन गरेको हो ।  महालक्ष्मी लाइफले कात्तिक महीनामा सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले रू. १० करोड ८० लाख कुल बीमाशुल्क आर्जन गरेको हो । महालक्ष्मी लाइफले प्रथम बीमाशुल्क वापत रू. ४ करोड १४ लाख र नविकरण बीमाशुल्क वापत रू. ६ करोड ६६ लाख रकम संकलन गरेको हो । जीवन बीमा कम्पनीहरुले कात्तिक महीनामा संकलन गरेको बीमाशूल्क :                                                                  स्रोतः बीमा समिति

अजोड इन्स्योरेन्सद्वारा नौ महिनामा एक अर्बभन्दा बढी बीमाशुल्क आर्जन

अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ