नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीले गरे २० अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन

फागुन १९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीले कुल रू. २० अर्ब ४६ करोड कुल बीमाशुल्क आर्जन गरेका छन् ।  बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघ महीनासम्ममा नेप्सेमा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमाुशल्क आर्जन गरेका हुन । सूचीकृत १८ ओटा कम्पनीमध्ये सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले माघ मसान्तसम्ममा कुल रू. २ अर्ब ७६ करोड बीमाशुल्क आर्जन गरेको हो । कम्पनीले माघ महीनामात्र भने रू. ३२ करोड ७३ लाख बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले माघ महीनासम्ममा  रू. १ अर्ब ९५ करोड कुल बीमाशुल्क आर्जन गरेको छ । उक्त कम्पनीले माघ महीनामा मात्रै रू. २२ करोड ५७ लाख बीमाशुल्क आर्जन गरेको छ ।  माघ मसान्तसम्म सबैभन्दा कम कुल बीमा शुल्क सानिमा जनरल इन्स्योरेन्स कम्पनीले गरेको छ । कम्पनीले रू. ५२ करोड७७ लाख कुल बीमाशुल्क आर्जन गरेको हो ।  उक्त कम्पनीले माघ महीनामा मात्रै रू. ६ करोड ६६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सूचीकृत १८ ओटा कम्पनीले माघ महीनामा मात्रै कुल रू. २ अर्ब ५४ करोड कुल बीमाशुल्क आर्जन गरेका छन् ।                        कुल बीमाुशल्क आर्जन रू. हजारमा 

सम्बन्धित सामग्री

निर्जीवन बीमा कम्पनी : कुनले कति दिँदैछन् लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म पाँच ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश दिने भएका छन् । नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन लागेका हुन्, जसमध्ये नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् ।  कुनले कति दिँदैछन् ? नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ५२६३ प्रतिशत नगद लाभांश, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (करसहित), युनाइटेड अजोड इन्स्योरेन्सले १० दशमलव २६१२ प्रतिशत र कर प्रयोजनको लागि शून्य दशमलव ५४०१ प्रतिशत नगद लाभांश र एनएलजी इन्स्योरेन्सले ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।   सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले प्रस्तावित लाभांश पारितका लागि फागुन ३० गते साधारण सभा बोलाएको छ । गत आवको मुनाफाबाट यस कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  निर्जीवन बीमा कम्पनीमध्ये चार ओटाले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्, जसमा नेको इन्सुरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्स छन् ।   प्रभु इन्स्योरेन्स, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म लाभांश वितरणसम्बन्धी निर्णय गरेका छैनन् ।

निर्जीवन बीमा कम्पनी कुनले कति कमाए ?

काठमाडौं– निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क […]

प्रिमियर इन्स्योरेन्स एनपीआईमा आबद्ध हुने पहिलो निर्जीवन बीमा कम्पनी

सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूको नाफा घट्यो

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा घटेको छ । विशेषगरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको कुल नाफा घटेको हो ।उनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल नाफा २ दशमलव १५ प्रतिशतले घटेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा भारतीय स्वामित्वका नेशनल र दि ओरियन्टल इन्स्योरेन्सले अभैm पनि यस्तो विवरण सार्वजनिक गरेका छैनन् । साथै, उनीहरू नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत

११ प्रतिशतले बढ्यो निर्जीवन बीमा

काठमाडौं, भदौ २३ । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब ३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका […]

निर्जीवन बीमा ११ प्रतिशतले बढ्यो

नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू. ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो ।हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनमा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४१ हजार ८३७ ओटा बीमालेख जारी गरेका छन् ।समीक्षा अवधिमा निर्जीव

निर्जीवन बीमा कम्पनीहरूको कुल नाफा चार सय ६२ करोड

काठमाडौं, भदौ ८। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा चार अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् । बीमा कम्पनीहरूले हालै […]