एक महीनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे झन्डै ४ अर्ब बीमाशुल्क, सगरमाथा लुम्बिनीको सबैभन्दा बढी

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को साउन महीनामा निर्जीवन बीमा कम्पनीहरुले कुल  रू. ३ अर्ब ९८ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ ओटा कम्पनीले २ लाख १३ हजार ८०३  ओटा बीमा लेख विक्री गरेर उक्त बीमाशुल्क आर्जन गरेका हुन ।  कम्पनीहरुमध्ये सबैभन्दा आगाडि सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीले एक महीनामात्रै कुल रू. ५५ करोड १५ लाख बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले कुल रू. ४२ करोड ५० लाख बीमाशुल्क आर्जन गरेको छ ।  १४ कम्पनीहरुमध्ये सबैभन्दा कम बीमाशुल्क नेपाल इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले साउन महीनामा कुल रू. १४ करोड १९ लाख बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले कुल रू. १७ करोड ८८ लाख बीमाशुल्क आर्जन गरेको छ ।   आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स,शिखर  इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले रू. ३० करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।  

सम्बन्धित सामग्री

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : बीमामा बढ्दो आकर्षण

नेपालमा २००६ सालअघि रघुपति जुट मिल, जुद्ध म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, वीरगञ्ज कटन मिललगायत उद्योग र कल कारखानाको स्थापना भएको पाइन्छ । नयाँ उद्योग सञ्चालनमा आएसँगै वित्तीय सहयोगका लागि १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएको थियो । बैंकको स्थापना भएपछि सोही समयमा नेपालमा बीमा कम्पनीको पनि आवश्यकता महसूस भएको बीमा जानकारहरू बताउँछन् । सोही अनुरूप उक्त समयमा भारतीय बीमा कम्पनीले नेपालमा निर्जीवन बीमा शुरू गरेको इतिहास छ ।  नेपाल बैंक लिमिटेडको सक्रियतामा २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना भएको थियो । २०१६ सालमा यस कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भएको थियो । कम्पनीलाई २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा पूर्णरूपले निर्जीवन बीमाको काम गर्ने गरी पुन: नामकरण गरिएको थियो । २०२५ साल अघिसम्म भारतीय बीमा कम्पनीहरूले बीमाको काम गर्दै आएका थिए । उक्त समय नेपालमा रुवी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत बीमा कम्पनीले बीमाको काम गरेको पाइन्छ ।  २०२४ पुस १ गते १ करोड रुपैयाँको अधिकृत पूँजीमा राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि कम्पनी राष्ट्रिय बीमा संस्थानमा परिवर्तन गरिएको थियो । यस कम्पनीले २०२९ सालदेखि जीवन बीमा पनि शुरू गरेको थियो ।  २०४४ सालमा नेपालमा बीमा व्यवसाय गर्न निजीक्षेत्रको नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको थियो । कम्पनीले शुरूका २ वर्षसम्म निर्जीवन बीमा व्यवसाय र त्यसपछि भने जीवन बीमा व्यवसाय पनि शुरू गरेको थियो । नेपालको विकासमा बीमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । बीमाले व्यक्तिको सम्पत्ति, उद्योग, कलकारखाना लगायतमा पर्न सक्ने जोखिमका साथै राज्य उक्त जोखिमबाट हुन सक्ने आर्थिक भार न्यूनीकरण गर्न मदत गर्छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार नेपालमा अहिले १४ जीवन र १४ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यस्तै रि–इन्स्योरेन्सतर्फ दुई र लघु बीमातर्फ चार कम्पनी सञ्चालनमा छन् ।  आधा जनसंख्या बीमाको दायरामा नेपालमा बीमा शुरू भएको कम समयमा नै झन्डै आधा जनसंख्या बीमाको दायरामा समेटिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमाको दायरा समेटिएका हुन् ।  वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरा ४४ दशमलव ३८ प्रतिशत नागरिकसम्म फैलिएको हो । वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाहेकको बीमाको दायरामा ३९ दशमलव शून्य ३ प्रतिशतमा छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । बीमाको दायरा ४४ दशमलव ३८ प्रतिशत पुगेसँगै बीमाको पहुँचमा १ करोड २९ लाख ४३ हजार २३९ नागरिक छन् । कम समयमा नै बीमाको दायरामा उल्लेखनीय सुधार हुनुमा बीमा प्राधिकरणको मुलुकभर नै गरिने सचेतना अभियान, कम्पनीको शाखा र व्यवसाय विस्तार, र अभिकर्ताहरूको प्रमुख भूमिका रहेको बीमा जानकारहरू बताउँछन् । बीमाले व्यक्तिको साथै संस्थामा अनिश्चित घटनाहरूबाट हुने जोखिमबाट सृजना हुने आर्थिक भार न्यूनीकरण गर्ने भएकाले मुलुकको समर्ग विकासमा बीमाको प्रमुख भूमिका रहँदै आएको छ ।  सातै प्रदेशमा बीमा विस्तार हुँदै नेपाल बीमा प्राधिकरणले सातै प्रदेशका स्थानीय तहहरूसँग सहकार्य गरेर बीमा सचेतनाका कार्यक्रम गर्दै आएको छ । अहिले मुलुकभरका नागरिकहरू बीमामा समेटिँदै गएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । बीमा ऐनमा नै प्राधिकरणले बीमा विकासमा काम गर्नुपर्ने विषय उल्लेख भएसँगै अहिले प्राधिकरणले आक्रमक रूपमा बीमा सचेतनाका कामहरू अघि बढाएको छ । प्राधिकरणका अनुसार चालू आवमा मात्रै प्राधिकरणले १०० भन्दा बढी स्थानीय तहमा बीमा सचेतना र अन्तरक्रिया कार्यक्रम आयोजना गरिसकेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०७९/८० मा सक्रिय निर्जीवन बीमालेखको संख्या २७ लाख ९२ हजार ५१६ छ । त्यसमध्ये सबैभन्दा बढी ४५ दशमलव ३० प्रतिशत बागमती प्रदेशमा छ । त्यसपछि लुम्बिनी प्रदेशमा १५ दशमलव ४९ प्रतिशत र कोशी प्रदेशमा १२ दशमलव ८५ प्रतिशत रहेको छ ।  आव २०७९/८० मा निर्जीवन बीमालेखबाट ४० अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ । यसमध्ये ६७ दशमलव ३० प्रतिशत बागमती प्रदेशबाट, ८ दशमलव ७५ प्रतिशत लुम्बिनीबाट र ८ दशमलव ६२ प्रतिशत कोशीबाट संकलन भएको छ ।  आव २०७९/८० मा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४१ लाख ३७ हजार ३२१ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी ७० दशमलव ९५ प्रतिशत बागमती प्रदेशमा छ । त्यसपछि कोशी प्रदेशमा ७ दशमलव ८९ प्रतिशत र लुम्बिनी प्रदेशमा ७ दशमलव २६ प्रतिशत रहेको छ ।  आव २०७९/८० मा जीवन बीमालेखबाट १ खर्ब ४२ अर्ब रुपैयाँ संकलन भएको छ । यसमध्ये बागमती प्रदेशबाट ४४ दशमलव ३२ प्रतिशत, लुम्बिनीबाट १४ दशमलव ८९ प्रतिशत र कोशीबाट १२ दशमलव ३६ प्रतिशत बीमा शुल्क संकलन भएको छ ।

शेयर बजारमा ३४ अंकको गिरावट, नेप्से २३ सयको विन्दुमा

यस दिन होटल तथा पर्यटन समूहको उपसूचक ३ अंकले उकालो लाग्दा बाँकी सबै समूह ओरालो लागे । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २३५ अंकले झर्दा सबैभन्दा कम म्युचल फन्ड शून्य दशमलव १९ अंकले घट्यो ।

सेयर बजार दोहोरो अंकले घट्यो, चार कम्पनीमा सकारात्मक सर्किट

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी २ सय ६६ अंकले ओरालो लाग्दा जीवन बीमा कम्पनी पनि १ सय ९० अंकले उँधो झरेको छ ।

आज होटल समूहको शेयर मूल्यमा सुधार

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ अंकले घट्दा कारोबार भएका १३ समूहमध्ये ३ समूह सुधारिएका छन्। होटल तथा टुरिजम, अन्य र म्यूचुअल फण्ड समूहमा सुधार आएको हो। यीमध्ये सबैभन्दा बढी होटल समूह ८६ अंकले बढेको छ। यसैगरी आज सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी समूहमा ११९ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ।

नेप्से बढे पनि म्युचुअल फण्ड समूहमा गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५५ अंकले बढेको दिन म्युचुअल फण्ड समूहमा भने गिरावट आएको छ। कारोबार भएका १३ मध्ये अन्य १२ समूहमा भने सुधार आएको छ। आज म्युचुअल फण्ड समूहमा १४.७१ अंकको गिरावट आएको हो। यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ४७९ अंकले बढेको छ।

९ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको नाफा

काठमाडौं । चालू आथिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा करीब ९ प्रतिशतले बढेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ कम्पनीको औसत नाफा ८ दशमलव ९१ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा उक्त कम्पनीहरूले रू. ३ अर्ब ४५ करोड १९ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने उनीहरूको खुद नाफा रू. १ अर्ब १६ करोड ९५ लाख थियो । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकनको क्रममा बीमांकीले असमाप्त जोखिम बापतको व्यवस्था र बीमा कोषको केही रकम नाफा नोक्सान खातामा सार्न सक्छन्, जसले गर्दा कम्पनीहरूको नाफा बढ्नेछ । कोरोना कहरका बीच पनि समीक्षा अवधिमा सन्तोषजनक नाफा आर्जन भएको बीमा कम्पनीहरूको भनाइ छ । कोरोना कहर र विगतमा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा यस्तो बीमाको व्यवसायमा सुधार आउँदा नाफा पनि बढेको कम्पनीहरूको भनाइ छ । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले लगानीको प्रतिफल बढ्दा नाफा बढेको बताए । ‘कम्पनीहरूले मुद्दती निक्षेप, डिबेन्चर, शेयर, म्युचुअल फण्डमा गरेको लगानीबाट राम्रो प्रतिफल आउँदा नाफामा पनि बढेको हो,’ उनले भने, ‘कोरोना कहरका कारण बैंकहरूले ब्याजदर घटाए पनि संस्थागत मुद्दती निक्षेपमा त्यति असर देखिएन । फलस्वरूप हामीलाई नयाँ मुद्दती निक्षेपबाट राम्रै प्रतिफल आयो ।’ यद्यपि, चौथो त्रैमासको व्यवसाय भने कोरोनाको दोस्रो लहरका कारण प्रभावित हुन सक्ने उनको आशंका छ । ‘गत आर्थिक वर्षमा पनि यही समयमै बन्दाबन्दी तथा निषेधाज्ञा हुँदा बीमा व्यवसाय प्रभावित भएको छ । अहिले पनि बीमा व्यवसाय प्रभावित हुने देखिएको,’ उनले भने,  ‘तर, त्यो अहिले नै आकलन गर्न सकिँदैन ।’ निर्जीवन बीमा कम्पनीहरूमध्ये नेशनल इन्स्योरेन्सले भने तेस्रो त्रैमासको मात्र नभएर लामो समयदेखि नै वित्तिय विवरण सार्वजनिक गरेको छैन । समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको नाफा सबैभन्दा बढी छ । सो अवधिमा कम्पनीले रू. ३६ करोड ३३ लाख खुद नाफा कमाएको हो । यस्तै, दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३५ करोड ९ लाख र तेस्रो स्थानमा रहेको प्रिमियर इन्स्योरेन्सले २८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी, दी ओरियण्टल इन्स्योरेन्स र हिमालय जनरल इस्योरेन्सको नाफा भने घटेको छ । सो अवधिमा राष्ट्रिय बीमा कम्पनीको ४९ दशमलव ४७ प्रतिशत, दी ओरियण्टलको ३२ दशमलव ५७ र हिमालय जनरलको १९ दशमलव १३ प्रतिशतले नाफा घटेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा ५३ करोड ४३ लाख नाफा कमाएको राष्ट्रिय बीमा कम्पनीको नाफा चालू आवको सोही अवधिमा २७ करोड रुपैयाँ रहेको छ । यस्तै, गत आवमा ३७ करोड २५ लाख नाफा कमाएको दी ओरियण्टलले अहिले २५ करोड १२ लाख र ११ करोड २५ लाख नाफा कमाएको हिमालय जनरलले अहिले ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

विकास बैंकका शेयरधनीले कमाए आकर्षक प्रतिफल, कुन कम्पनीको शेयरमूल्य कतिले बढ्यो ?

वैशाख ३, काठमाडौं । गत साता बजार बढेसँगै विकास बैंकहरुको शेयर मूल्य आकर्षक रुपमा वृद्धि भएको छ । हाल नेप्सेमा १६ ओटा विकास बैंकहरुको शेयर कारोबार हुन्छ ।  गत साताको कारोबारमा ती १६ ओटै बैंकहरुको शेयरमूल्य बढेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयरमूल्य ७८ रुपैयाँले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य २०७७ चैत २४ गते प्रतिकित्ता रू. १९० रहेकोमा वैशाख २ गते वृद्धि भएर रू. २६८ पुगेको हो । दोस्रोमा एक्सेल डेभलपमेण्ट बैंकको शेयरमूल्य ७७ रुपैयाँले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य चैत २४ गते प्रतिकित्ता रू. ४९२ रहेकोमा वैशाख २ गते वृद्धि भएर रू. ५६९ पुगेको हो । यस बैंकले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने र उक्त बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । सोही कारण यस बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।  केहि समय अगाडि निर्जीवन बीमा कम्पनी, फाइनान्स कम्पनी र जलविद्युत् समूहका कम्पनीहरुको शेयरमूल्य बढेको थियो भने गत हप्ता विकास बैंकहरुको शेयर मूल्यमा लगानीकर्ताको आर्कषण परेको हो । बजार बढेसँगै लगानीकर्ताले कम शेयरमूल्य भएका कम्पनीहरुको शेयर खरीद गरेको पाइन्छ ।  यस्तो अवस्थामा कम शेयरमूल्य भएको कम्पनीको शेयर ठूलो मात्रामा शेयर खरीद गरेर निश्चित प्रतिफल पाएपछि बेच्ने गरेको एक लगानीकर्ताले बताए । कतिपय लगानीकर्ता आफूले शेयर खरीद गर्नुअघि कम्पनीको आधारभूत पक्ष राम्रोसँग केलाएर दीर्घकालिन रुपमा लगानी गर्ने गर्दछन् ।   गत हप्ता दुई दिन सार्वजनिक विदा परेकाले तीन दिन मात्र शेयर कारोबार भएको हो । सोही कारण चैत २४ गतेको शेयरमूल्यसँग तुलना गरिएको छ ।                                                                  स्रोत : नेपाल स्टक एक्सचेञ्ज