आर्थिक मन्दीको प्रभाव जीवन बीमामा, प्रथम बीमाशुल्क २५ प्रतिशतले घट्यो

२६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । १५ वटा जीवन बीमा कम्पनी र २ वटा लघुवित्त कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । २ लाख ५ हजार रुपैयाँ बीमा शुल्क लघुबीमा कम्पनीले […]

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ महिनामै कमायो खुद नाफा २३ करोड ६६ लाख

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा र खुद बीमाशुल्क दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढाउन सफल बनेको छ ।

साढे ३ प्रतिशत घट्यो निर्जीवन बीमाशुल्क

काठमाडौं। अर्थतन्त्रमा कायम मन्दीको असर निर्जीवन बीमा व्यवसायमा देखिएको छ । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा अघिल्लो आवको सोही अवधिको तुलनामा बीमाशुल्क संकलन साढे ३ प्रतिशतभन्दा धेरैले घटेको हो ।  नेपाल बीमा प्राधिकरणका अनुसार चालू आव २०८०/८१ को पहिलो त्रैमासमा १४ निर्जीवन र दुई लघु निर्जीवन बीमा कम्पनीले गरी १० अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । आव २०७९/८० को पहिलो त्रैमासमा बीमा कम्पनीहरूले १० अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  चालू आवको पहिलो त्रैमासको बीमाशुल्क अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा ३ दशमलव ५७ प्रतिशतले कम हो ।  चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । आर्थिक मन्दीको असर बीमा व्यवसायमा समेत पर्दा बीमाशुल्क घटेको यस क्षेत्रका जानकार बताउँछन् । प्राधिकरणका अनुसार चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । यसले उक्त अवधिमा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । यसले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्सको बीमाशुल्क संकलन १ अर्ब ४ करोड १२ लाख रुपैयाँ छ ।  सञ्चालनमा रहेका दुईओटा लघु निर्जीवन बीमा कम्पनीले भने आव २०८०/८१ को पहिलो त्रैमासमा ९१ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले ३० लाख ४६ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६१ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

१९ जीवन बीमा कम्पनीले गरे १ खर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन

जेठ १८, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को वैशाख मसान्तसम्म १९ जीवन बीमा कम्पनीले कुल १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म यी बीमा कम्पनीहरूबाट उक्त कुल बीमाशुल्क आर्जन भएको हो । उक्त अवधिमा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले चालू आवको वैशाख मसान्तसम्म २८ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रोमा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) रहेको छ । यो कम्पनीले १३ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  त्यसैगरी वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीहरूमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले वैशाख मसान्तसम्म १ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  वैशाख महीनामा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन नेपला लाइफ इन्स्योरेन्सले नै गरेको छ । यो कम्पनीले वैशाख महीनामा मात्र १ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले पनि वैशाख महीनामा १ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरूले वैशाख महीनामा मात्र ७ खर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

पहिलो चौमासमा झन्डै आधा खर्ब जीवन बीमाशुल्क संकलन

काठमाडौं, मंसिर २० । चालू आर्थिक वर्ष (आव) २०७८र७९ को पहिलो चौमासमा जीवन बीमा कम्पनीहरूले झन्डै आधा खर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले चालू आवको कात्तिक मसान्तसम्म ४८ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त कात्तिक […]

पहिलो चौमासमा झन्डै आधा खर्ब जीवन बीमाशुल्क संकलन

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासमा जीवन बीमा कम्पनीहरूले झन्डै आधा खर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले चालू आवको कात्तिक मसान्तसम्म रू. ४८ अर्ब ३२ करोड ८६ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बीमा व्यवसाय २३ दशमलव २२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १९ जीवन बीमा कम्पनीले रू. ३९ अर्ब २२ करोड बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलन भने रू. १२ अर्ब ६९ करोड ५५ लाख रहेको छ । यसैगरी नवीकरण बीमाशुल्क रू. ३५ अर्ब ७ करोड ९२ लाख र वैदेशिक रोजगार बीमाशुल्क रू. ५५ करोड ३९ लाख संकलन भएको छ । बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । कम्पनीले समीक्षा अवधिमा रू. १२ अर्ब ५५ करोड ३५ लाख बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको एलआईसीले रू. ६ अर्ब ५८ करोड ८० लाख बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले रू. ४ अर्ब ७८ करोड ६५ लाख बीमाशुल्क संकलन गरेको छ । बीमा कम्पनीहरू पहिलो चौमासको व्यवसायबाट सन्तुष्ट छैनन् । कम्पनीहरू व्यवसाय वृद्धिदरमा सन्तोष नभएका हुन् । प्राइम लाइफ इन्स्योरेन्सका सीईओ मनोज भट्टराईले पहिलो चौमासको व्यवसाय उत्साहजनक नभएको बताए । पछिल्लो समय बीमाप्रति आम मानिसको आकर्षण नै कम देखिएको उनको भनाइ छ । ‘कोरोनाको दोस्रो लहरपछि बीमाप्रति आर्कषण घटेको छ । कोरोनाको दोस्रो लहरमा आम मानिसमा ठूलो त्रास थियो । फलस्वरूप उनीहरूले आर्थिक सुरक्षणकोे लागि बीमा गर्न थालेका थिए,’ उनले भने, ‘तर, दोस्रो लहरपछि आम मानिसहरूले कोरोनालाई सामान्य रूपमा लिन थाले । भ्याक्सिन पनि आइसकेकाले बाचिन्छ भन्ने आशा पनि भयो । त्यसपछि बीमाप्रति त्यति चासो देखाएका छैनन् ।’ कोरोना बीमाको दाबी भुक्तानी नहुँदा पनि बीमाप्रति सर्वसाधारणको आकर्षण घटेको उनको भनाइ छ । ‘कोरोना बीमामा ९/१० अर्ब भुक्तानी हुन सकेको छैन । त्यसको असरले आम मानिसमा बीमाप्रति नकारात्मक भाव पैदा भएको छ,’ उनले भने, ‘त्यसको असरले पनि आम मानिसहरू बीमाप्रति त्यति आकर्षित छैनन् ।’

जीवन बीमा व्यवसाय : असारमा औसतभन्दा ३ गुणा बढी बीमाशुल्क संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरूले असार महीनामा औसतभन्दा बढी अर्थात् कुल रू. १८ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । असार महीनामा प्रथम बीमाशुल्क मात्रै रू. ६ अर्ब ९२ करोड संकलन भएको छ । बीमा समितिबाट प्राप्त गत आवको एक तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार असार महीनामा उच्च मात्रामा बीमाशुल्क संकलन भएको देखिन्छ । नेपाली बीमा बजारमा औसतमा मासिक ५/६ अर्बको हाराहारीमा बीमाशुल्क संकलन हुन्छ । तर, असारमा भने त्योभन्दा बढी अर्थात् झन्डै साढे १८ अर्ब बीमाशुल्क संकलन भएको छ । असार महीना आर्थिक वर्षको अन्तिम महीना भएकाले आर्थिक गतिविधि बढी हुने गर्छ । विभिन्न लक्ष्य पूरा गर्न अभिकर्ताहरूले यो समयमा बढी मेहनत गर्छन् । अधिकांश बीमालेखको नवीकरण गर्ने समय पनि यही बेला पर्छ । त्यही कारण यो महीनामा उच्च मात्रामा बीमाशुल्क संकलन भएको कम्पनीहरू बताउँछन् । कोरोनाको दोस्रो लहरका कारण जेठसम्म जीवन बीमा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, असारमा भने जीवन बीमा व्यवसाय उत्साहजनक भएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत वैशाखसम्म मासिक ५/६ अर्ब रुपैयाँको हाराहारीमा बीमाशुल्क संकलन हुँदै आएको थियो । गत वैशाखमा रू. ५ अर्ब २० करोड बीमाशुल्क संकलन भएको थियो । तर, जेठमा बीमाशुल्क संकलन ३ अर्ब ३१ करोड रुपैयाँमा झरेको थियो । असारमा आएर बीमाशुल्क संकलन उच्च विन्दुमा पुगेको देखिन्छ । गत आवभर जीवन बीमा कम्पनीहरूको रू. १ खर्ब २० अर्ब ९५ करोड बीमाशुल्क संकलन गरेका छन् । यो अघिल्लो आव २०७६/७७ को भन्दा २८ दशमलव १५ प्रतिशतले बढी हो । आव २०७६/७७ मा १९ जीवन बीमा कम्पनीहरूले ९४ अर्ब ३८ करोड बीमाशुल्क संकलन गरेका थिए । बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । कम्पनीले रू. ३२ अर्ब ८४ करोड बीमाशुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा भने एलआईसी नेपाल रहेको छ । कम्पनीले १७ अर्ब १४ करोड रुपैयाँ बमिाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफले भने १२ अर्ब १६ करोड बीमाशुल्क संकलन गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गत आवमा जीवन बीमा व्यवसाय सन्तोषजनक रहेको बताए । ‘गत आवमा पनि कोरोनाको दोस्रो लहरले बीमा व्यवसाय प्रभावित भयो । त्यसैले गत आवमा उत्साहजनक बीमा व्यवसाय भएको देखिएन,’ उनले भने, ‘यस व्यवसायलाई सन्तोषजनक रूपमा नै लिनुपर्छ ।’

११ महीनामा १ खर्ब जीवन बीमाशुल्क संकलन

विराटनगर, असार १७। चालू आर्थिक वर्षको ११ महीना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले जेठ मसान्तसम्म त्यस बराबरको बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको हो । यसअघि १९ कम्पनीहरूले वार्षिक रूपमा १ खर्ब […]

जीवन बीमा व्यवसाय : ९ महीनामा ३२.४६ अर्ब प्रथम बीमाशुल्क

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूले ३२ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले चालू आवको ९ महीनामा नयाँ व्यवसाय अर्थात् नयाँ बीमितको पहिलो वार्षिक किस्ताबापत त्यो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिको चालू आवको चैत मसान्तसम्मको तथ्यांकअनुसार चैतसम्म जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन भने रू. ९३ अर्ब ८६ करोड रहेको छ । जुन गत आवको सोही अवधिको भन्दा करीब ४७ प्रतिशतले बढी हो । गत आवको यस अवधिमा जीवन बीमा कम्पनीहरूले रू. ६३ अर्ब ९५ करोड कुल बीमाशुल्क संकलन गरेका थिए । कोरोना विपद् र विगतमा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा जीवन बीमा व्यवसायको वृद्धि राम्रोे देखिएको कम्पनीहरूको भनाइ छ । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले कोरोना महामारीकै बेला पनि जीवन बीमाको व्यवसाय राम्रो देखिएको बताए । ‘कोरोनाका कारण आर्थिक क्षेत्र अझै पनि चुस्त रूपमा सञ्चालन आउन सकेका छैन । जीवन बीमा व्यवसायमा जुन बृद्धि देखिएको छ, त्यसलाई राम्रो नै मान्नुपर्छ,’ उनले भने, ‘तर, कोरोनाको संक्रमण बढेपछि निषेधाज्ञा लगाइएको छ । कम कर्मचारीमार्पmत काम गर्न भनिएको छ । यसले व्यवसाय पुनः प्रभावित हुन सक्ने देखिन्छ ।’ प्रथम बीमाशुल्क संकलन ३० देखि ३५ प्रतिशतसम्मले बढेको उनको भनाइ छ । तर, यस सम्बन्धमा समितिले तथ्यांक तयार गरेको छैन । कुल बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्र स्थानमा देखिएको छ । कम्पनीले रू. २५ अर्ब ३८ करोड कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा रहेको एलआईसी नेपालले रू. १३ अर्ब ६६ बीमाशुल्क संकलन गरेको छ । तेस्रो नम्बरमा रहेको नेशनल लाइफले रू. ८ अर्ब ७५ करोड बीामाशुल्क संकलन गरेको छ । प्रथम बीमाशुल्क संकलन गर्ने मामलामा पनि नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स नै अगाडि देखिएका छन् ।

अजोड इन्स्योरेन्सद्वारा नौ महिनामा एक अर्बभन्दा बढी बीमाशुल्क आर्जन

अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ